
सविता गुप्ता , माघ २७ कपिलवस्तु ।।
बुद्धभुमि नगरपालिका वडा नम्बर १० मा कृषकका लागि ३ दिने तालिम संचालन भएको छ । मिशन स्मार्ट ब्लक तथा पाकेट कार्यक्रममा बाली विशेष शत्रुजीव व्यवस्थपन कृषकस्तर तालिम वडा नम्बर १० को मथुरापुरको रामघाट तरकारी संकलन केन्द्रमा आज देखि शुरु भएको हो ।
कृषि पकेट क्षेत्रमा बालीनालीहरु लगाउँदा अर्गानिकयुक्त कसरी लगाउने, कम्पोष्ट मलको प्रयोगको विधि र बनाउने तरिक , बोटविरुवहरुको बेर्ना लगाउद बेडको तयरी, बाली स्यहर र संरक्षण कसरी गर्ने , विषदीबाट हुने हानीनोकसीन , मानव जिवनमा खद्याय शृंखलाको महत्व,मुल्य निर्धारण , बालीनालीहरुमा लाग्ने कुनै प्रकारको रोगहरुबाट कसरी बचाउने लगायतको वरेमा कृषकहरुलाइ जानकारी दिने तालिमको मुख्य उद्देश्य रहेको अयोजकले जनकारी दिएको छ ।
कपिलवस्तु कृषि ज्ञान केन्द्र तौलिहवाका प्रमुख रविन्द्र नाथ चौबेले तालिमको सफलतको शुभकामना दिदै तालिममा अर्थपुर्णरुपमा सहभागि भएर कृषकहरुलाई लाभ लिना अग्राह गर्नु भएको थियो । लुम्बिनी प्रदेश सरकार कृषि तथा भुमि व्यवस्था मन्त्रालय, कृषि विकास निर्देशनालय बाली संरक्षण प्रयोगशाला खजुरा बाँकेको आयोनमा तालिम भाइरहेको छ । कार्यक्रम लुम्बिनी प्रदेश सरकार कृषि तथा भुमि व्यवस्था मन्त्रालय कृषि विकास निर्देशनलय बाली संरक्षण प्रयोगशाला खजुरा बाँके प्रमुख देवेश्वर मिश्रको अध्यक्षता र कपिलवस्तु कृषि ज्ञान केन्द्र तौलिहवाका प्रमुख रविन्द्र नाथ चौबेको प्रमुख अतिथ्यतामा संचालनमा भएको थियो । अतिथिहरुमा कृषि अर्थविज्ञ शिवपुजन गुप्ता ,उमेश शंकर पौडेल , नगेश्वर मौर्या, लगायत रहनुभएको थियो । बाली संरक्षण प्रयोगशाला खजुर बाँकेका प्रविधिक उमेश शंकर पौडेलको स्वाग्ता र पुण प्रसाद तिमिल्सिनाको संचालनमा कार्यक्रम भएको थियो । तालिमा बुद्धभुमि वडा नम्बर १० का स्थानिय ३० जना कृषकहरुको सहभागिता रहेको छ ।