बसन्त पञ्चमीको उपलक्ष्यमा पुरस्कार वितरण ।

कपिलवस्तु ।।

कपिलवस्तु राष्ट्रिय माध्यमिक विद्यालय, चेतरादेइले बसन्त पञ्चमीको औसरमा खेलकूदमा सहभागी विद्यार्थीहरुलाइ पुरस्कार, मेडल एवं खेलकूदको ड्रेस प्रदान गरेको छ । हरेक बर्षजस्तै यस बर्ष पनि विद्याकी देवी सरस्वती पूजा प्राथन गरि प्रसाद ग्रहण गर्ने शिलशिलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाद गुप्तको अध्क्षतामा एक औपचारीक कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा वडाका सदस्य मेघनाथ केवट, सनसाइन समाजिक विकास संस्थाका अध्यक्ष शिवलाल यादव, शिक्षक अभिभावक संघका अध्यक्ष सहाबुद्दीन मुसलमान, विद्यालय व्यवस्थापन समितिका सदस्य विक्रम खरविन्द, हजारीलाल यादव, बुट्रटन निशा लगायतको सहभागीता रहेको थियो । विद्यालयका सहायक प्रधानाध्यापक सुरेन्द्र केवटको संचालन भएको कार्यक्रममा अतिथिहरुले प्रमाणपत्र, मेडल एवं खेल पोशाक वितरण गर्नु भएको थियो ।

यस विद्यालयको तर्फवाट वडाकार्यालयले आयोजना गरेको खेलकूदमा सक्रिय रूपमा सहभागी भइ दौड, रिले दौड, हाइजम्प, लाङजम्प, भालिवलमा प्रथम स्थान हासिल गरेका थिए । त्यसैगरि नगरले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित, मेयर कपमा विद्यालयका दुइ जना छात्राहरुले दौडमा प्रथम स्थान हासिल गरि ४ वटा स्वर्ण पदक प्राप्त गरेका थिएका भने ४ जना रजन र २ जना काश्य पदक प्राप्त गरेका थिए । नगरमा सहभागी भइ स्वर्ण पदक पाएका विद्यार्थी खेलाडीलाइ विद्यालयको तर्फवाट एक एक सेट ट्रेकशुट एवं स्पोर्ट शू र अन्यलाइ एक एक सेट ट्रेक शूट प्रदान गरिएको थियो । यस विद्यालयकी छात्रा प्रतिभा केवटले नगर स्तरीय दौडमा तीनवटा स्वर्ण पदक प्राप्त गरि बेस्ट प्लेयर बनेकी थिइन ।  

पुरस्कार वितरण गर्दै अतिथिहरुले सहभागी खेलाडीहरुलाइ बधाइ दिदै अगामी दिनमा थप प्रयास गर्न प्रोत्साहन गर्नु भएको थियो । विद्यार्थीहरुलाइ पोशाक वितरण गर्दै अध्यक्ष राजेश प्रसाद गुप्तले सवै खेलाडीहरुलाइ बधाइ दिदै ड्रेसहरु थप प्रोत्साहनको लागि प्रदान गरिएको अगामी दिनमा खेलकूदमा थप जोड दिइने बताउनु भयो ।

खेलकूदमा सहभागी छात्रछात्रा, अभिभावक, शिक्षक तथा अभिभावकहरुलाइ कार्यक्रममा सहभागीताको लागि धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो । एक हजारभन्दा बढी विद्यार्थी शिक्षक, अभिभावक तथा समितिको सहभागीहरुलाइ विद्यालयमै तयार गरिएको हलुवा तथा फलफूल प्रसादको रूपमा बितरण गरिएको थियो ।

हरेक वर्ष विद्यालयले गरिने यस किसिमको कार्यक्रममा बालबालिकाहरुले रमाउने गरेको तथा थप अतिरिक्त कार्यक्रमबाट अतिरिक्त क्रियाकलापमा मिल्ने गरेकोले नियमित रूपमा यस्ता कार्यक्रम अयोजना गरिएको कुरा विद्यालयका प्रधानाध्यापक परशुराम यादवले जानकारी दिनुभयो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group