
कपिलवस्तु जागरणः
हरेक नागरिक अन्दोलनमा सक्रिय रुपमा सहभागी हुँदै आएका जसपा नेता अब्दुल रसिद खान अहिले कपिलवस्तु जिल्लाको प्रदेश नं. २ को ख मा जसपाको तर्फवाट प्रदेश सांसदको रुपमा चुनावमा होमिएका छन् । नेपाली कांग्रेसबाट राजनीतिक शुरुवात गरेका खान नेपाली कांग्रेस पार्टीमा मधेशी, दलित, मुस्लिम र अन्य पिछडा समुदायप्रति बिभेदपूर्ण ब्यवहार गरेको कारणले मधेश अन्दोलनमा सामेल भएका थिए । २०६३ सालदेखि निरन्तर रुपमा विभेदका विरुद्धमा हरेक अन्दोलनमा अग्रपंक्तिमा रहेर काम गरेका छन् । जनताको हक अधिकारका खातिर हरबखत तल्लिन रहने खान निर्वाचनमा जीतको आधार मानेका छन् । राज्यवाट मधेशका नागरिकले सहनु परेको भेदभाव हटाउन जनता समाजबादी पार्टीको स्थापना भएको र त्यसैको नीतिमा रहेर पदहुदाँ वा नहुदाँ सधै जनताकै लागि खटिने गरिएकोले जनताले त्यसको बदलमा भोट दिने कुरामा आफू ढृक्क रहेको बताउनु भयो ।
बिजयपछिको योजना के छ भन्ने प्रश्नको जवाफमा उनले भने, हाम्रो योजना दुइ भागमा बिभाजन गरेका छाैं । एक अधिकारको लागि संघर्ष गर्ने र अर्को विकासको योजना रहेको बताए । अधिकारको सवालमा हामीले गणतन्त्र सबल बनाउने, नागरिक अधिकारको सवालमा सडक र सदनबाट संघर्ष गर्ने, रहेको छ । जसपाकै अन्दोलनबाट स्थापित भएको समानुपातिक समाबेशीताको सवालमा पटक पटक राज्यको तर्फवाट बेइमानी भएको देखिन्छन त्यसको लागि पनि संघर्ष गरिरहने छाैं । निर्वाचन प्रणाली एवं संरचनामा समेत मधेशी नागरिक ठगिएका छन, षडयन्त्र भएका छन् त्यसको लागि पनि संघर्ष गर्नुपर्ने छ ।
जनता समाजबादी पार्टीको उद्देश्य मुताविक विकासको शुरुवात हामी तल्लो तहबाट गर्ने छाैं । शिक्षा स्वास्थ्य र कृषि पहिलो प्राथमितामा रहेको छ । शिक्षाको सवालमा कम्तीमा एक वडा एक नमूना माध्यमिक विद्यालय बनाउने योजना रहेको छ साथै प्रदेशको दक्षिणीभेगमा एकवटा क्याम्पस बनाउने योजना रहेको छ । सदरमुकाम ताैलिहवाका माध्यमिक विद्यालयहरूलाइ प्राविधिक धारको नमूना विद्यालय बनाउने सोच रहेको छ । माध्यमिक विद्यालयहरुमा बसको व्यवस्थापन गरिने योजना बनाएको छु । प्रत्येक विद्यालयमा एक एक वटा छात्रबृति कोषको स्थापना गरिने त्यसबाट बिपन्न बालबालिकालाइ सहयोग गर्ने योजना रहेको बताउनु भयो ।
स्वास्थयको सवालमा एक वडा एक अस्पतालको योजना रहेको छ । अस्पतालमा कम्तिमा पनि एक जना एमबिबिएस गरेको डाक्टर र ल्याव सेवा उपलब्ध गराउने योजना रहेको छ ।
यस क्षेत्रमा ९५ प्रतिशत नागरिक कृषि पेशामा संलग्न रहेकोले कृषिलाइ उच्च प्राथमिकतामा राखेर काम गर्ने योजना खानले सुनाए । क्षेत्रको प्रत्येक खेतमा बाह्रै महिना पानी पुग्ने बातावरण निर्माण गरिने छ । उन्नत जातको वीउविजन लागत सहभागीतामा प्रदान गरिने छ । कृषिमा नगदे बालीलाइ प्राथमिकता दिइने छ । कृषिलाइ व्यवसायिक ढगंले अगाडि बढाइने छ । यान्त्रीकरण गरि कृषि लागत कम गरिने छ । पशुमा नश्ल सुधारका कार्यक्रम संचालन गरि पशुपालनलाइ पनि ब्यवसायिक रुपमा अगाडि बढाइने छ ।
विद्यालय पूर्वाधारमा विशेष जोड दिइ विद्यालयलाइ आकर्षक एवं बालमैत्री बनाउने योजना छ । साथै कृषि क्षेत्रको पूर्वाधारलाइ प्राथमिकतामा राखिने छन । अन्य बाटोघाटो पुलपुलेसाहरु नियमित रुपमा विकास गर्दै लैजाने योजना बनाएको सुनाउनु भयो । ताैलिहवा क्षेत्रको विकास र व्यपारमा सुधार गर्न ताैलेश्वर नाथको मन्दिर, रामघाट, तिलाैराकोट जगदीशपुर ताल, गोटिहवा र कुदान क्षेत्रमा पर्यटन प्रवर्धनको योजना संचालन गरेर क्षेत्रको विकास गर्ने योजना बनाएकाे सुनाए ।
म आफै समान्य किसान परिवारको भएकाेले विकासलाइ तल्लो तहबाट हेर्ने, बुझने र गर्ने प्रयास गर्दछु । क्षेत्रमा अझै पनि चर्पी निर्माण र प्रयोगको अवस्था कमजोर रहेको, समाजिक कुरिती, कुसंस्कार कायम रहेको, समाजिक बिभेद तथा लैङ्गिक भेदभाव कायम रहेकोले समाजिक अभियन्त्राहरुसँग समन्वय र सहकार्य गरि समाजिक विकास गर्न निरन्तर रुपमा प्रयासरत हरने कुरा प्रतिवद्ध रहेन योजना सुनाएका छन् ।
अहिलेसम्म मधेश अन्दोलनले मधेश र मधेशीलाइ के दियो भन्ने सवालमा अहिलेसम्म मधेश र मधेशीले जे पाएका छन सवै मधेश अन्दोलनकै देन हो । समाबेशी समानुपातिक नियमका कारणले लाखाै युवाहरु सरकारी सेवामा जागिर पाएका छन, मधेशीहरुले सम्मान पाएका छन् । मधेश प्रदेश पाएका छन् । अन्य पार्टीहरुमा पनि मधेशी दलित, जनजाती, मुस्लिम महिलाहरुले समाबेसीको आधारमा जे अवसर पाएका छन सवै मधेश अन्दोलनकै योगदान हाे । बरु कांग्रेस कम्युनिष्टहरुले शोषण, बिभेद र बंचितिकरण बाहेक अरु केहि पनि दिन नसकेको गुनासो गर्नुभयो । तर पनि कतिपयले अझैसम्म पनि भ्रम फैलाउने गरेका छन । त्यस कारण भ्रममा नपर्ना सम्पूर्ण नागरिक हरूलाइ आग्रह गर्नुभयो ।