जसपा कपिलवस्तुको सदरमुकाम ताैलिहवामा भब्य र्याली सम्पन्न

No description available.

कार्तिक २७ , कपिलवस्तु ।।

जनता समाजवादी पार्टी कपिलवस्तु द्वारा तौलिहवामा चुनावी रयालि गरेको छ । जनता सामजवादी पार्टी कपिलवस्तु क्षेत्र नम्बर २ को (ख) का लुम्बिनी प्रदेश सभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार डा.अब्दुल रासिद खाँ द्धारा अयोजित रयालि कपिलवस्तु नगरपालिका प्रसासन चोक , जमुवारटोल , महजीदटोल , खुनुवा रोड , बहदुरगंज हुलकी रोड, शिवमन्दिर, परसुराम गल्ली, अदलतटोल, गौढी चौक , नया बजार चौक लागयत तौलिहवामा चुनावी रयालि गरिएको हो ।

No description available.

रयालीपछि आयोजित कोणसभालाइ सम्बोधन गर्दै उमेदवार डा. खानले यस क्षेत्रमा बर्षाैबर्ष देखि जितेर राज गरिरहेकाले विकासको काम केहि पनि गर्न नसकेको अरोप लगाउनु भयो । कपिलवस्तुको २ नं. क्षेत्रको दक्षिण क्षेत्रमा एउटा पनि क्याम्पस नभएकोले गरिव, दलित, मुस्लिम र पिछडाबर्गका बालबालिकाहरू पढाइबाट बंचित रहेका छन । जात, धर्म र समुदायको नाममा अहिलेसम्म जितेर कृषि, स्वास्थ्य र शिक्षाको क्षेत्रमा कुनै पनि परिवर्तन हुन सकेको छैन । तर पनि जनताको बिचमा भ्रम फैलाउदै भोट माग्दैछन् । त्यस्ता ब्यक्तिसँग सचेत रहना आग्रह गर्दै एक पटक मत दिएर सहयोग गर्न आग्रह गर्नु भयो । रयालीमा कपिलवस्तु नगरपालिका मेयर सुदीप पाैडयाल, जनता समाजबादी संघिय परिषद सदस्य रामनेवास यादव, नेतृ साधिका यादव, जिल्ला अध्यक्ष शैलेन्द्र यादव लगायत ५ सयभन्दा बढीको सहभागिता रहेको थियो । गाउँगाउँबाट स्वस्फुर्त रूपमा सहभागि हुन आएकाे जनलहरले जीत सुनिश्चत भएको मेयर पाैड्यलले बताउनु भयो ।

No description available.

ताैलिहवामा र्याली सम्पन्न गरि जिल्लाको दक्षिणी सिमाना मर्यादपुरमा पनि कोणसभाको आयोजना गरिएको थियो सो काेणसभालाइ जसपा नेताहरुले सम्बोधन गर्दै जनता र क्षेत्रको समग्र विकासको लागि जसपाको छाता चिन्हमा मतदान गर्न आग्रह गर्नु भयो ।

जसपा नेता रामनेवास यादवले अहिलेसम्म मधेशको लागि जसपा बाहेक कसैले केहि पनि नगरेको जेजति भएको छ मधेश अन्दोलन र उपेन्द्र यादवको योगदानले भएको बताउदै मधेश अन्दोलनकै कारण मधेशी जनजाती, मुस्लिमहरुले अन्य पार्टीमा पनि फाइदा पाएका बताउनु भयो ।

मधेश अन्दोलनले स्थापित गरेको संघियता, गणतन्त्र र समानुपातिक समावेशीको कारण मधेशका युवाहरु सरकारी सेवामा अवसर पाएका छन । यसलाइ सानो उपलब्धीको रुपमा नलिन र आफनाे र आफनो भाविपुस्ताको अधिकार सुनिश्चत गर्न डा. अव्दुल रसिद खानलाइ मत दिन सवै बक्ताहरुले अनुरोध गरेका थिए ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group