
सविता गुप्ता , मंसिर ८ ,कपिलवस्तु ।।
घरेलु हिंसा अन्त्य गर्नको लागि राजनितिक र धार्मिक अगुवहरु बीच अन्तरक्रिय तथा बैठक आज सम्पन्न भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ४ पिपरामा सम्पन्न भएको हो । सनशाईन सामाजिका विकास संस्थाको अयोजन र युनाइटेड मिसन टु नेपालद्धारा संचालित शान्तिका लागि स्थानीय क्षमता परियोजनको सहयोगमा कार्याक्रम भएको थियो । युवा समुहको अगुवाई एवं राजनिति अगुवाहरुको बीच अनर्तकृय संचालन गरी घरेलु तथा महिला हिंसा, लैंगिक हिंसा न्यूनिकारण ल्याउने उद्देश्यले स्थानीय शान्ति प्रबद्र्धन कार्यक्रम अयोजन गरिएको सनशाईन सामाजिका विकास संस्थाबाट संचालित शान्तिका लागि स्थनिय क्षमता परियोजन कार्यक्रमका फिल्ड संयोजक मनोज कुमार यादवले बताउनु भयो । हिंसा किन हुन्छ ? कार्यक्रममा एक सहाभागि धनशिला बढाईले प्रश्न गरेकि थिइन ।

गरीबी , बेरोजगारी , दाइजो , मदाक पदार्थ , अशिक्षा, भेदभाव लगायतका करणले घरेलु हिंसा तथा महिला हिंसा सामाजमा भाइरहेका कुरा वडा ५ का वडा सदस्य हृदयराम यादवले बताएका थिए । यसको न्यूनिकारण गर्नको लागि सामाजमा जनचेत भए मात्रै हुने उहाँको भनाई रहेको थियो । वडा सदस्य इनरमाती लोधको अध्यक्षता र वडा सदस्य हृदयराम यादवको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको थियो । अतिथिहरुमा सनशाईन संस्थाबाट संचालित घरेलु हिसां बिरुद्ध सुधारत्माक कार्यक्रम क परियोजनको कार्यक्रम सयोजक लक्ष्मी यादव , युवा कलब ,बाल कलब , धर्मिक अगुव , महिला स्वयमसेविका , सामाजिक अगुव लगायतका प्रतिनिधिहरु रहेका थिए । कार्यक्रममा ३२ जनाको सहभागितामा रहेको थियो । कार्यक्रम संचालन परियोजनका फिल्ड सयोजक मनोज कुमार यादवले गर्नुभएको थियो ।