
मंन्सिर ४ को नतिजा आउँदै छन् । कसैले अप्रत्यासित जीत र कसैको अप्रत्यासित हारको सामना गर्दैछन् । नेकपा एमाले र काग्रेसको अगुवाइमा बनेका दुइ गठबन्धनले हिसावकिताव गरेका मत परिणाम सोचेभन्दा व्यापक फरक हुने गरि नतिजा आइरहेका छन् । महागठबन्धको सहयोगले कांग्रेस र एमालेले थोरैभए पनि फाइदा पाए तर तिनका साझेदार माओबादी र जनता समाजवादी पार्टीले पाउन सकेनन् । बरू भएका साख पनि गुमाउदै गएका छन ।
पुष्पकमल दहाल प्रचण्ड चितवनबाट भागेर धन्नै गोरखामा बाबुराम भट्टाराइको बलबुतामा चुनाव जिते पनि जनता समाजबादीका अध्यक्ष उपेन्द्र यादव आफनो क्षेत्र सिरहामा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतसँग नराम्रो पराजित भएका छन् । मधेशको लामो राजनीतिक बिरासत बोकेका उपेन्द्र र पृथकताको एजेण्डाकासाथ राजनीतिमा प्रबेश गरेका चन्द्रकान्तसँग पराजित हुनुलाइ सिद्धन्तभन्दा पनि अक्रोसकै रूपमा लिइएको देखिन्छ ।
उपेन्द्रको राजनीतिक विरासत, स्थानिय तहमा जसपाको उपस्तिथिति, बलियो जातिय मत सँख्या हुदँहुदै पनि सर्मनाक हारको कारण युवाहरुको निरासता, नेताहरुको सैद्धान्तिक अस्थिरता र गलत गठबन्धन हुन् । राजनीतिमा लामो अनुभव बोकेको छलछाम, धोखाधणि र राजनीतिका चतुर खेलाडीको झुन्ड नेपाली कांग्रेस र नेकपा एमाले पार्टी हुन् । स्थापित पार्टीमा नेताका कैयन मोर्चाहरू हुन्छन जो भित्रिरुपमा सक्रिय रहेका हुन्छन् । यिनीहरू संगठनभन्दा उनका अगुवा नेताहरुको इसारामा चलेका हुन्छन् । एउटै पार्टी भएपनि थोरै पनि मन मिलेन भने भोट दिदैनन् । भित्रभित्रै बिपक्षिलाइ सहयोग गरेका हुन्छन । आफ्नै पार्टीलाइ मत नदिने, पार्टीसँग गठबन्धन गर्दा बिपरीत ध्रुबका माओबादीलाइ मत दिने कुरै आउदैन् । मधेशको सवालमा कांग्रेसको बुझाइ फरक छ । नेपाली कांग्रेसको उर्वरभूमि मधेश हो । स्थापना कालदेखिनै मधेशमा रजाइ गर्दै आएको कांग्रेस मधेश मुभमेन्टसँगै सकसमा पर्दै अएको थियो । मधेशमा मधेशबादी दलको उदय र प्रभावपछि कांग्रेसले आफ्नो आधार स्थल गुमाएको छ । त्यसकारण मधेशमा गुमेको शक्ति हासिल गर्न जस्तोसुकै षडयन्त्र गर्न पनि पछि पर्दैनन् कांग्रेसीजनहरु । मधेशमा लोसपा र मओबादीहरू कांग्रेस षडयन्त्रको सिकार भएका छन् ।
नेकपा एमालेमा खडक प्रसाद ओलीको उदयपछि मधेशसँगको सम्बन्ध निकै तिक्ततापूर्ण छ । थोरै पनि सचेतना भएको, निस्वार्थ राजनीति बुझेको मधेशी समुदायका व्यक्तिले एमालेलाइ पत्याउँदैनन् । तर मधेशमा सिद्धान्तभन्दा पनि बाबुबादको रोग ठूलै छन् । चतुर अगुवा जता जान्छन जनता पनि उतै भाग्छन् । मधेशका नेता मधेशमा एमाले वा कांग्रेस रोज्नुको दुइवाट मात्रै कारण छन्, एक निर्वाचन क्षेत्रको सिमाङ्कन, अर्को चुनाव लडनलाइ पार्टीको चुनव चिन्ह । सिमाङ्कन उत्तरदक्षिणको भएकोले नेपाली कांग्रेस र एमालेको सैद्धान्तिक मत निर्णायक हुन्छन् । चुनाव चिन्ह पुराना पार्टीको हुँदा धेरै बुझाउनु पर्ने कसरत गर्नु पर्दैन् ।
निर्वाचनको समयमा पार्टी छोडने र रोज्नेको संख्या पहाडमाभन्दा मधेशमा अलिबढिनै हुन्छन् । नागरिकताको सवाल र एमालेको भूमिकामाथि टड्कारो रूपमा उठिरहेको सवालको समयमा एमालेसँग सहकार्य गर्नु जसपाको हितमा भएपनि उपेन्द्र यादवको हितमा थिएन् । यो एउटा ठूलो भूल नै थियो । समय कम थियो, जसपाका कार्यकर्ताले एमालेसँगको सहकार्यलाइ समझाउन सकेनन् । आफ्नै कार्यकर्ताहरु पनि भ्रममा परेका थिए र छन पनि । मधेशको मुद्दामा जितेको जसपाले जीतपछि मुद्दाभन्दा पनि सत्तामा केन्द्रित हुनु पनि भूल थियो ।
दुर्भाग्यको कुरा के छ भने उपेन्द्रको चुनावी हारपछि पहाडमा मधेशका मुद्दामाथि नै सवाल उठन थालेका छन् । मधेशलाइ नजिकवाट नहेरेकाहरु हौसिएका छन् । यहाँसम्म कि गणतन्त्रमाथि पनि सवाल उठाउन थालेका छन । तर राजनीतिमा मुद्दा महत्वपूर्ण हुन्छन् । नेता थाक्छन र अराम गर्छन् । एकले नसके अर्कोले कैरी गर्छन । मधेशको मुद्दा गजेन्द्र नारायण सिंहले उठाएका थिए । आज उनी नभए पनि मुद्दा शसक्त नै छ । मुद्द सही र जिवित रहेमा राजनीति जन्मजन्मान्तर टिकिरहन्छ ।
उपेन्द्रको हारमा मधेशले दुख मान्नु पर्ने कुनै तुक छैन । बरु हारपछि मधेशको मुद्दा शसक्त ढगले उठाउने बाटा खुलेका छन । अहिले उपेन्द्र यादव शासन सत्ताको राजनीतिबाट टाढा भएका छन । त्यसकारण उनको पुरा समय संगठन र सडकमा खर्चिने औसर छ । अहिलेसम्म मधेशी, दलित जनजाती मुस्लिमहरू सदन संघ्रर्षभन्दा पनि सडक संघ्रर्षबाट धेरै अधिकार पाएको छ । मधेशका योद्धा उपेन्द्र सडकमा हुन्छन । उनका जुझारु कार्यकर्ता लडन तयार छन ।
प्रतिनीधि सभामा आठ नौं जना जाने करिबकरिब निश्चत छ । सदनमा पनि प्रतिपक्षमा बसेर मधेशको बिगुल फुक्न सक्दछन् । मधेशमा उदाएको जनमत पार्टीसँग कुनै ठोस राजनीतिक एजेण्डा देखिदैन् । राजनीतिक दल र नेताहरूले गरेका कमिकमजोरीलाइ निगरानी गर्ने मनसाय देखिन्छन् । सवाल उठाउन सहज छन् तर अश्वासन पुरा गर्न कठिन छन् । कुनै खास राजनैतिक एजेण्डा नभएको रास्वपा र जनमतको यात्रामा केही बर्षमै बिराम लाग्न सक्ने व्यापक सम्भावना छ ।