संस्कृतिक पर्व दिपावलीको सबैमा शुभकामना

diwali photo to download hd

सम्पादक, कपिलवस्तु जागरण

पावन पर्व शुभदिपावलीको सम्पूर्ण पाठकबर्गमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं । दिपावली एक सांस्कृति पर्व भएकोले यसलाइ हिन्दू लगायत अन्य धर्मका समुदायले उत्तिकै हर्ष र उल्लासका साथ मनाउने गरेका छन । अन्य पर्वमा हिन्दू र मुस्लिम समुदाय बीच हुने गरेको तानव यस पर्वले समाजिक शाैहार्द कायम गरेको छ । घरकाे सरसफाइ गरि साझा घरमा दिपावली गर्ने र मिठो मसिनो खाने, पारिवारी भेटघाट हुने परम्पराले समाजमा समाजिक साैहार्द कायम गर्न मद्दत पुर्याएको देखिन्छ । यस पर्वको अर्काे साैन्दरत भाइ टीकालाइ मानिएको छ । भाइ बहिनी बीचको सम्बन्ध बढाउन यस पर्वले महत्वपूर्ण योगदान गरेको छ ।

विगत केही बर्षदेखि धनकी देवी लक्ष्मीको मुर्ती बनाइ वा ल्याइ गाउँमा पूजापाठ गर्दै पर्वलाइ भडकिलाे बनाउने प्रयास भएका छन जसलाइ नियन्त्रण गर्नुपर्ने देखिन्छ । यसलाइ धार्मिक पर्व बनाउने कोसिस गरिएको छ जसलाइ नियन्त्रण गर्न जरूरी छ । यो पर्व जतिजति धार्मिक बन्दै जान्छ यसको महत्व घटदै जानेछ ।

यस पर्वमा प्रचलनमा रहेको जूवातास जस्ता गलत प्रचलनलाइ नियन्त्रण गर्ने हो भने सुनमा सुहागा नै हुनेछ । अन्तमा धन भनेको रुपिया पैसा मात्रै होइन, शिक्षा, ज्ञान, सुस्वाथ्य, सुसम्बन्ध मनिसको सवभन्दा ठूलो धन हो । त्यसकारण यस पर्वले सवै पाठकबर्गमा शिक्षा, ज्ञान,शीप, सुस्वास्थ्य, शुसम्बन्ध कायम राख्न हाम्रो मन मस्तिक्सकाे दिप प्रज्वलन गरोस् सवैमा शुभकामना ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group