प्रश्न र बिद्रोह लोकतन्त्रको प्राण हुन कम्प्रोमाइज हुनु हुदैन

परशुराम यादव

लाखौं नागरीक सडक अन्दोलनबाट ल्याएका लोकतान्त्रीक व्यवस्थाप्रति दलहरू उदासीन देखिएका छन् । आफू र आफना आसेपासे समस्यामा पर्दा लोकतन्त्रको अलाप गर्ने नेता, आफनो अभ्यासमा बेवास्ता गर्दै आएका छन् । समानुपातिक सुची होस् वा प्रत्यक्षको टिकट वितरण, गठबन्धन होस् वा बैचारीक स्खलन् सवैको रवैया समान छन् ।

अहिलेको राजनीति हेर्दा बाबुराम भट्टराइको बैकल्पीक समाजबादको मुद्दा प्रचन्डको पाउमा सेलाएका छन । उपेन्द्र यादवले समाजबाद र समानुपातिक प्रतिनीधित्वको सवाल खडक प्रसाद शर्माको जिम्मा लगाएका छन् । खडक प्रसाद शर्मा ओलीले समबृद्धिको सपना कमल थापालाइ सुम्पेका छन् । रबीन्द्र मिश्राले बैकल्पीक राजनीति गर्ने जिम्म राजेन्द्रलाइ दिएका छन । पुष्पकमल दलाहले जनविद्रोहको घाइतेलाइ मलहम लगाउने जिम्मेवारी शेरबहादुर देउवालाइ र देउवाले बि.पि.को समाजबादलाइ कार्यन्वयन गर्ने अवसर प्रचन्डलाइ दिएका छन ।

आआफनो पार्टीमा योग्य, निष्ठावान, क्षमतावान कार्यकर्ताले टिकट नपाएको रोदन जताततै देखिन्छन तर प्रभु साह जस्तो विद्रोह गर्ने हिम्मत कमैमा देखिन्छन् ।  गलतसहि नछुट्टयाइ ताली बजाउने पार्टी कार्यकर्ता कम भएका छैनन् । निर्वाचन अघिपछि आदर्शका कुरा गर्न नथाक्ने जनता चुनावको मुखमा गलतसहि नछुट्टयाउन सक्नु नेताभन्दा कम दोषी छैनन् । नेकपाका डा. भीमप्रसाद रावल, कांग्रेसका डा. मिनेन्द्र रिजाल र स्वर्णिम वाग्लेजस्ता व्यक्ति प्रमुखदलको उमेदवार सूचिमा नपर्नु भनेकै पार्टीहरू बुद्धजीबिबाट डराएका त छैनन् भन्ने शंका उव्जाएका छन । खडकप्रसादले डा. बाबुराम भट्टराइको खिसिटिउरो गरेको सुनिए पनि शेरबहादुर देउवाको मुखबाट सुनिएको थिएन तर व्यवहारबाट उनी महाडरपोक प्रमाणित भएकब छन् । संबिधानले ग्यारेण्टी गरेको समानुपातिक समावेशीको सिद्धान्तलाइ मजाक बनाइएको छ । दलित, जनजाती, मधेशी मुस्लिमको त कुरै छोडौं कुनै पनि दलले कम्तिमा पनि तेतिस प्रतिशत महिलालाइ प्रत्यक्ष तर्फ टिकट दिएर लडाउन सकेका छैनन् । समावेशी र समानुपातिकको नाममा आफना, श्रमती, छोरी, छोरा, भाइ, भतिजको भर्ती केन्द्र बनाएका छन् । लोकबादलाइ परिवारबादमा ल्याइ सकेका छन । 

पार्टीको आन्तरीक कलहका कारणले दुइदुइ पटक संसद बिगठन गरेका खडकप्रसादलाइ प्रतिगमनकारी करार दिएर देशमा नयाँ राजनीतिक समिकरण बन्यो जसको कारणले देशलाइ बहुदलीय भन्दा दुइदलिय गुटमा बिभाजन गरिदियो । पाँचदलको सत्ता पक्षिय गठबन्धन र प्रतिपक्षिय गठबन्धन । एउटाले जस्तोसुकै कामको समर्थन गर्नुपर्ने र अर्कोले जस्तोसुकै कामको बिरोध गर्नुपर्ने प्रबृति हावीभयो । जसको मार प्रत्यक्ष रूपमा जनता समाजबादीलाइ परेको छ ।

उपेन्द्र र खडकप्रसादको टसलकै कारणले ओली जसपाको संसद अपहरणदेखि अध्यादेशसम्म ल्याए उपेन्द्रलाइ झुकाउन नसकेपछि महन्थलाइ मिलाए पार्टी फुट्यो मधेश दुइ ध्रुबमा बिभाजित भयो । सत्ता गठबन्धनमा भएपछि पनि उपेन्द्र सुख पाएनन् । गठबन्धनमा भाव कम पाएको निहुमा बाबुराम उनीबिरूद्ध षडयन्त्र गरे र षडयन्त्रमा सफल नभएपछि पार्टी फुटाए दहालको दैलोमा डेरा जमाए ।

मओबादी र कांग्रेसको मधेश मोहले उपेन्द्रलाइ गठबन्धन बाहिर जान बाध्य बनाए । जसपा र लोसपासँग समानान्तर लुकामारी गर्दै मधेश कब्जा गर्ने कांग्रेसी मोहलाइ रोक्न उपेन्द्रको पानी बाराबारको सम्बन्ध रहेको खडकप्रसादसँग सम्बाद थाले र समझदारी गरे । अहिले उपेन्द्रमाथि प्रश्नको बर्षा भइरहेका छन । नागरिकता विधयक र राष्ट्रपतिको कदमजस्तो टडकारो मुद्दालाइ ख्याल नगरि एमालेसँग तालमेल गरे भन्दै कार्यकर्ता रिसाएका छन तर उपेन्द्र अस्तित्वको लडाइमा होमिएका छन । लोकतन्त्र भनेको एकअर्कालाइ सम्मान र सहयोग गर्नु हो । सिमान्तिकृत र कमजोरलाइ सहारा दिने राजनीतिक पद्धती हो । तर त्यस्तो कहिलै हुन सकेन । आफना कार्यकर्ता, आफनै साझेदारसँग अलोकतान्त्रीक व्यवहार गरेपछिसँगै बस्नुको कुनै औचित्य छैन । राजनीतिमा बिद्रोहको बिकल्प छैन । प्रश्न र विद्रोह लोकतन्त्रका प्राण हुन नागरीक वा दलले यसमा कुनै कम्प्रोमाइज गर्नु हुदैन ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group