उमेर मात्रैले युवा मानिदैन, महोदय

परशुराम यादव

युवा महान शक्ति हुन् । युवा परिवर्तनका बाहक हुन् । युवा अघि नबेढे देश बन्दैन् । देश बनाउन युवाहरूले तातिनु पर्छ, आदि इत्यादि अहिले चलन चल्तीका भनाइ समाजिक सञ्जाल लगायत औपचारी कार्यक्रमहरूमा खुब सुन्नपाइने शब्दहरू हुन् । तर युवा कसलाइ मान्नेमा बिमर्श कमै भएका छन् । पचास कटिसकेका नेतालाइ उनका अनुयायीहरू युवानेता भनेरै सम्बोधन गर्ने गरेका छन् । बिहनै बिहान रासिफल नसुनि कुनै काम नथाल्ने पच्चिस बर्षे महिला पुरूषले पनि आफूलाइ युवायुवतीकै श्रेणीमा उभ्याउ छन् । कर्मशिल एवं प्रगतिशि सत्तरी बर्षका जोकोइ महिला र पुरूषलाइ बृद्धबृद्धाको समुहमा राखिन्छन् ।

संघिय लोकतान्त्रीक गणतन्त्रको पहिलो निर्वाचन र निर्वाचनपछि स्मार्ट शब्दले निकै लोकप्रियता पाएको थियो । स्थानी नेताहरू स्मार्ट सिटी, स्मार्ट नगर, स्मार्ट गाउँपालिका, स्मार्ट परिवार, स्मार्ट घर, स्मार्ट बाटोको सपान देखाउदै जनता झुक्याउने काम खुब गरे । शब्दकै कारण उनीहरू   पत्रपत्रिकामा खुबै प्रचारमा आए र क्षणिक भए पनि सस्तो लोकप्रियता पनि कमाए । जुन किसिमले उत्तिखेर स्मार्ट शब्दले जनतालाइ लठ्ठ बनाएर आफनो दुनो सोझाए त्यसै गरि यतिखेर युवा शब्दलाइ मार्केटिङ्ग गर्दैछ ।

देशको धेरै निर्वाचन क्षेत्रमा युवाहरू प्रतिस्पर्धा गर्दैछन् । जसमध्ये थोरैमात्र राजनीतिक दलबाट छन् भने धेरैजसो स्वातन्त्रको रूपमा छन । यहाँसम्म कि स्वतन्त्र पार्टी पनि दर्ता गराइ युवाको प्रतिनीधि भन्दै देशलाइ गुम्रह पार्दैछन् । उनीहरूसँग नकुनै राजनीतिक दर्शन छ, नकुनै बिचार छ, देशलाइ हाँक्ने कुनै स्पष्ट रोडमैप नै छन् । देश संचालन गर्ने कुनै लामो दिर्घकालिन योजना पनि छैन् । उनीहरूसँग एउटामात्रै राजनीतिक मसला छ जुन हो बुढाहरू देश बर्वाद बनाए अव उनीहरूलाइ फाल्नु पर्छ र युवाहरूलाइ राजनीतिमा औवसर दिनु पर्दछ । केवल समस्याका च्याँङ देखाउँदै आफूलाइ अब्बल सावित गर्दैन् । नेताको काम समस्या देखाउने होइन्, समस्या खुट्टयाउने हो र समाधान दिने हो ।

 स्थानिय निर्वाचनमा काठमान्डौ महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन शाहले शानदार जीत हात पारेपछि त्यसै किसिमले देशको हरेक ठाउँमा परिवर्तन हुनु पर्दछ भन्ने अधिकांश युवाहरूको दिगामा उठेको हुन सक्दछ । तर अहिलेसम्म बालेन शाहले प्रचारात्मक काम बाहेक केही गर्न सकेका छैनन् ।

सार्वजनीक जग्गा खाली गरि बाटो चौडा बनाउने काममा निरन्तर डोजर चलाएको, सम्बन्धित ठाउँमा आफैगइ नागरिकसँग चर्काचर्की बहस गरेको र त्यसैलाइ उनका फ्यानहरू मसला बनाइ देशभरि देवत्वकरण गरेको बाहेक उनले केहि काम गरेको देखिदैन । र पनि युवाहरूको ओँठमा बालेन बालेन बालेन झुन्डेको देखिन्छ । उनका गार्डहरू गल्ली र सडकका केही पेटीहरूमा चियाचटपटे बेचेर गुजारा गरिरहेका गरिब गुरुवाको दिनदिनै गरिरहेका दुर्दशा बारे एक शब्द पनि बोल्न सकेका छैनन् उनी । उनको कर्तुतमा मानवताको सवाल उठाउनेमाथि उनका साइबर सेनाहरू कडा प्रहार गरेको देखिन्छन् । उनका साइबर सेना खडक प्रसाद ओलीको अलिङगार सेनाभन्दा कम छैनन् । राजपरिवारसँग खानदानी सम्बन्ध रहेको बालेनले समय समयमा आफू पनि राजाबादी रहेको संकेत दिइरहेका हुन्छन् ।

आफूलाइ युवा एवं बुद्धिजीविको कित्तामा राख्ने गरेका पूर्व बिबिसिका पत्रकार रबीन्द्र मिश्रा बैकल्पीक राजनीति थाल्ने उद्घोष गरे तर केहि दिनमै दुइसय पचास बर्षे राजतन्त्रको हली बनेर राप्रपामा प्रबेश गरि अहिले काठमान्डौमा चुनाव लडदैछन् । कांग्रेसको राजनीतिसँग नजिक रही काम गरेका अर्का पत्रकार रबी लमिछाने अहिले स्वतन्त्र नामको पार्टी नै बनाएका छन । आफू चितवनबाट चुनाव पनि लडेका छन् । उनीसँग कुनै राजनीतिक दर्शन छैन् । कुनै ठोस योजना छैन् । केवल उनीसँग राजनीतिक दलका कमिकमजोरी नै उनको घोषणपत्रमा छन् । यी र यस्ता धेरै युवा छन, जो बालेन लिएका लौरो चिन्ह, स्वतन्त्र पार्टी र राप्रपाको चुनाव चिन्हमा निर्वाचनमा भाग लिएका छन् । मतदातालाइ भ्रमित पार्दैछन् । दुइसय पचास बर्षसम्म नागरिक अधिकार र विकासको घामबाट बंचित राखेको व्यवस्थाको वकालत गर्दैछन् । जुन व्यवस्थाले उनलाइ पार्टी खोल्ने, स्वतन्त्र रूपमा बोल्ने अधिकार दिएको छ । जुन व्यस्थाले आम नागरिकलाइ मौलिक हकले सुसज्जित गरेको छ । त्यसैको खिलाफमा लडदै छन् । लाखौलाख नागरिक सडक संघर्ष गरि फालेको राजतन्त्रको वकालत पनि गर्ने र आफूलाइ युवा पनि भन्ने कुरा आफैप्रति र आम नागरिकप्रतिको घोखा हो, षडयन्त्र हो । त्यस्तालाइ युवा भन्न सकिदैन् र भन्न पनि मिल्दैन ।

प्रतिगमनका मतियारलाइ युवा भन्नु र सवै गेरूवा बस्त्रधारीलाइ साधु मान्नु एउटै कुरा हुन् । राजनीति बिगारेको पनि यिनै दोहरो चरित्रवाला नै हुन् । यसको मतल स्वतन्त्र रूपमा निर्वाचनमा भाग लिएका सबै युवालाइ गलत सावित गर्न खोजेको होइन् । काठमान्डौमै निर्वाचनमा लाडेका बिबेकशिल साझाका मिलन पाण्डेय, झापामा स्वतन्त्र उमेदवारी दिएका युग पाठक जस्ता संघिय लोकतन्त्रीक गणतन्त्रप्रति समर्पित युवाहरूलाइ नागरिकले सम्मान पनि गर्नु पर्दछ । राजनीतिक दलहरूले अआफना पार्टीमा युवालाइ टिकट नदिएकोमा, युवाहरूको प्रतिनीधित्व घटाएकोमा प्रतिकार गर्नु पर्दछ । बिरोध गर्नु पर्छ । बिद्रोही पनि बन्नु पर्छ । तर बैचारीक स्खलन होइन् । नागरिकको भावनासँग खेलवाड गर्नु हुदैन् ।

राजनीतिभन्दा समाजिक अभियानमा पनि कम समस्या छैन् । चलचित्रकर्मी पल शाल, चर्चित खेलाडी संदीप लामिछाने जस्ता व्यक्ति नबालिकाको बलात्कार गर्दा उल्टै पिडितमाथि आरोप लागउने, बलात्ककार जस्तो जघन्य अपराधाको वकालत गर्ने बृद्धबृद्धाको जमातभन्दा युवा भन्ने जमात नै अगाडी छ ।  समाजमा अन्धबिश्वास फैलाउने, संस्कृतिक पर्वलाइ धार्मिकमा रूपान्तरण गर्ने, युवा भन्नेको जमात अगाडी देखिन्छन् । कुनै परीक्षामा भाग लिनु पूर्व बिहानै रासिफल हेर्ने । पढाइभन्दा पूजापाठमा अधिक समय बिताउने, जातपात र छुवाछुतको वकालत गर्ने, समाजिक अभियानलाइ पश्चिमा एजेण्डा मान्ने, धर्म परिवर्तनमा आफनो धर्मको दोष कति पनि नदेख्ने युवा भन्नेको जमात बहुसंख्यक छ । मधेशीमाथि बिभेद हुदा पहाडीले गल्ति नदेख्ने, मुस्लिममाथि अत्याचार हुदा हिन्दूले श्रीरामको नारा लगाउने र हिन्दूमाथि अत्याचार हुदाँ मुस्लिमहरूले जस्म मनाउने प्रबृतिमा युवाभन्नेकै जमात बहुमतमा छन् । युवा उमेरमात्र होइन बिचार पनि हो । बिचारले प्रतिगमन र उमेरले प्रगतिशिल हुनेले युवा मान्न मिल्दैन । युवा हुनको लागि विचार प्रगतिशिल हुन जरुरी छ जुन अहिलेको युवाहरूमा कमै देखिन्छन् जुन निकट भबिष्यमा उनैकै लागि घातक हुनेछ । समयमा सचेत बनौं ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group