१ सय ८ जनाले गरे रक्तदान

कपिलवस्तु जागरण

कपिलवस्तुको श्री सुर्य बहुउदे्श्सीय सहकारी संस्था लि .बुद्धभुमि नगरपालिका .४ बुढ्ढी र रोट्याक्ट क्लब अफ बुद्धभुमिको संयुक्त आयोजना शुक्रवार भाद्र २४ गते भएको रक्तदान शिविरमा १ सय ८ जनाले रक्तदान गरेका छन् ।
बुद्धभुमि नगरपालिकाको लागत सहभागिता एवं रक्त संचार केन्द्र भैरहवाको प्रविधिक सहयोगमा रक्तदान शिवर सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष मुरलीधर घिमिरे र क्लबका अध्यक्ष कृष्ण गिरीको सयूक्त अध्यक्षतामा शिविर भएको हो । प्रदेश सांसद माला गोतामे, संस्थाका संस्थापक अध्यक्ष चिन्तामणी र वडा अध्यक्ष सुशिल कुमार चौधरीको बिश्ष्ठि अतिथ्यतामा कार्यक्रम भएको हो । रगतको अभावमा कोहीले पनि ज्यान गुमाउन न परोस भन्ने उद्धेश्यले शिविरको आयोजना गरिएको कुरा आयोजक संस्थाका अध्यक्ष मुरलीधर घिमिरेले बताउनु भएको छ । रक्त शिवर कार्यक्रमका संयोजक गोकर्ण अर्यालका अनुसार मानव शरीरबाट न निकाले पनि केही दिनमा आफै नष्ट भएर जाने भएकोले रक्त दान गर्दा अरुको जीवन रक्षा गर्न सकिने र रगत दान गर्नु पर्छ भन्ने सन्देश समाजमा फैलाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएका कुरा बताउनु भयो ।

त्यसै गरी वडा अध्यक्ष सुशिल कुमार थारुले यस्ता सन्देश मुलक , निस्वार्थ रुपमा गरिने समाज सेवामा सहकार्य गर्न आफु तयार रहेको बताउनु भयो । कार्यक्रममा रक्तदाता र समाज सेवी गरि करिब १ सय २५ जनाको सहभागिता रहेको बताईएको छ ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group