२१ भाद्र । सीवाइसीसी परियोजनाको दोस्रो चरणको कार्यक्रमको परियोजना निर्माण कार्यशाला गोष्ठि मंगलबारदेखि तौलिहवामा शुरु भएको छ । सनसाईन सामाजिक बिकास संस्था बुद्धभुमि १० चेतरादेई द्धारा संचालित सीवाइसीसी परियोजनाको दोस्रो चरणको कार्यक्रमको परियोजना निर्माण कार्यशाला गोष्ठि आज देखि तौलिहवामा शुरु भएको हो ।
मायादेवी गाउँपालिकामा संचालित परिवर्तनका लागि बालबालिका, यूवा र समुदाय परियोजनाको दोस्रो चरणको कार्यक्रमका लागि सनशाईन सामाजिक विकास संस्था र यूनाईटेड मिसन टू नेपालको साझेदारीमा उक्त कार्यशाला शुरु भएको हो ।
कार्यशालामा बोल्दै सनशाईन सामाजिक विकास संस्थाका कार्यकारी निर्देशक कृष्ण कुमार श्रेष्ठले कार्यक्रम स्वास्थ्य, शिक्षा, जीविकोपार्जनको क्षेत्रमा सुधारात्मक प्रयास बिषयमा छलफल केन्द्रीत रहने बताउनुभयो ।
कार्यशालामा बोल्ने बक्ताहरुले मायादेबी गाउँपालिकाको शिक्षा ,स्वास्थ्य , कृषि तथा सामाजिक रुपपान्तरण क्षेत्रमा संस्थाले महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रममा गाउँपालिकाका पदाधिकारीहरु, पशु शाखाका पदाधिकारी, स्वास्थ्य संस्था प्रतिनिधीहरु, बाल ब्लव, आमा समूह लगायत ६९ जनाको सहभागिता रहेको छ । कार्यक्रम २०७९ भदौ २१ गते देखि २०७९ भदौ २३ गते ३ दिनसम्म संचालन हुने आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्घमटन सत्रको अध्यक्षता संस्थाका अध्यक्ष शिवलाल यादवले गर्नुभएको थियो भने मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्विन मुसलमान प्रमुख आतिथ्यता कृष्ण कुमार श्रेष्ठले सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।