
असोज १३ , कपिलवस्तु ।।
लैंगिक हिंसा न्यूनिकरणको लागी १ दिने अन्तरक्रिया कार्यक्रम मायादेबी गाउँपालिकाको पकडीमा आज सम्पन्न भएको छ । सनशाईन सामाजिक बिकास संस्था र यूनाइटेड मिसन टु नेपालको सहकार्यमा संचालन भएको शान्तिको लागि स्थानिय क्षमता परियोजना अन्तरगत उक्त अन्तरकृया भएको हो । मायादेबी गाउँ पालिकाको वार्ड नं. ४ मा संचालन भएको सो पयिोजनाले समाजमा शान्ति निर्माण गर्ने उद्धेश्यले संचालन गरिएको कुरा परियोजनाका संयोजक मनोज कुमार यादवले बताउनु भएको छ । परियोजना अन्तरगत समुदायमा बिभिन्न किसिमले लैंगिक हिंसामा परेका महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा मायादेबी गाउँपालिकाको प्रमुख प्रशााकिय अधिकृत प्रमेश्वर यादव र पालिकाका कृषि शाखा प्रतिनिधी राम बिलाश मौर्याको सहभागितामा रहेको थियो ।

पालिकाले लैंंगिक हिंसा न्यूनिकरणको लागि गरेका प्रयासहरु , यस बर्ष लैंगिक हिंसा न्यूनिकरणको लागि कार्यक्रम र बजेटहरुको बारेमा पनि अन्तरकृया गरिएको हो । मायादेबी वार्ड नं.४ का लैगिंक हिंसा पिडित महिलाहरुले समुदाय र आफुहरु माथी परेको हिंसाको बारेम खुलेर बहस गरेका थिए । कार्यक्रममा २३ जनाको सहभागिता रहेको थियो । कार्यक्रम लाई संबाद समूह कपिलवस्तुका संयोजक तथा रेडियो कपिलवस्तुका स्टेशन म्यानेजर तुलसीराम यादवले सहजी करण गर्नु भएको थियो ।
