
धान खाने मूसो चोट पाउने बिरालो भन्ने नेपाली उखान अहिलेको राजनीतिसँग ठ्याक्कै मेल खाएको देखिन्छ । दशबर्षे माओबादी जनबिद्रोहवाट प्राप्त भएको गणतन्त्र र मधेश अन्दोलबाट प्राप्त भएको संघियतामाथि चौतर्फी प्रहार भइरहेका छन । पंचायतका तरमाराबर्ग दलबिहिन राज्यको कल्पना गर्ने केही कम्युनिष्टहरू संघियता र गणतन्त्रको विरोध गर्दा समान्य नै लाग्छ । तर पंचायतको विरूद्धमा लडेका संघियता र गणतन्त्रको फाइदाह लिइरहेको बर्ग र समुदायले पनि यसको बिपक्षमा अवाज उठाउनु समान्य रूपमा लिन सकिदैन् । देशका दुइ ठूलादल नेपाली कांग्रेस र नेकपा एमालेका प्रभावशाली नेताहरूले बारम्वार संघियता र गणतन्त्रको विपक्षमा आफ्ना धारणाहरू सार्वजनिक रूपमै राखिरहेका छन । माओबादीका केही नेताहरू पनि यसको भबिश्यमाथि संका गर्न थालिसकेका छन् । यहाँसम्म कि मधेश मामिलामा पिएचडी गरेका मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख डा.राजेश अहिराज जस्ता चटुकारहरूले सार्वजनीक मिडियाहरूमा संघियता, गणतन्त्र र समावेशी समानुपातीक व्यवस्थामाथि धावा वोल्ने काम गरेका छन् । रवीन्द्र मिश्रा र रबी लमिछाने जस्ता कुशल पत्रकार, डा.बाबुराम भट्टाराइ जस्ता अव्वल नेताले बारम्बार व्यवस्थामा नै प्रश्नचिन्ह खडा गर्ने गरेका छन । देशको स्थायी सरकार मानिने निजामती सेवाका अधिकांश कर्मचारीहरूले यसको कार्यन्वयनमा अनेकन झमेला खडागर्दै यसको खिलाफमा अभियान नै चलाएका छ ।
यसरी संसारकै सवभन्दा उत्कृष्ट लोकप्रिय राजनीतिक प्रणालीमाथि नेपालमा यति छिटो र यति निर्मम ढंगले चौतर्फी आक्रमण भएको देख्दा ताजुव लाग्छ ।
संसारको हरेक प्रणाली बनाउने मानिस हो र त्यसलाइ संचालन गर्ने प्राणी पनि मानिस नै हो । राजनीतिक प्रणाली र संचालन गर्ने प्रणीमा तालमेल नमिलेपछि प्रणाली आसफल हुन्छ । त्यसको पछाडि व्यक्ति पनि असफल भएको हुन्छ ।
संसारको राजनीति केलाउँदा राजतन्त्र, लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र, कम्युनिज्म र डेमोक्रेट सवै सफल र असफल भएका छन् । सवैको सफलता र असफलताको पछाडि व्यक्ति वा राज्य संचालकहरू नै जिम्मेवार देखिन्छन् । हामीले दुइसय पचास बर्ष राजतन्त्र झेलिसक्यौ । बीस बर्ष राजासहितको केन्द्रिकृत प्रजातन्त्रको स्वाद पनि लिइ सक्यौं । अहिले लोकतान्त्रीक गणतन्त्रलार्इ संस्थागत गर्न संघ्रर्सरत छौ । देशको शासन प्रणाली बारम्बार बदल्न सक्यो तर आफूलाइ एकपटक पनि बदल्न् सकेनौं । जसको कारणले देश डुबिरहेको छ । के कर्मचारी के व्यापारी, नेता के जनता सवै आफनो ठाउँमा ठीक हुन् सकेनौं । अहिले आफ्नो धाकधम्की, रवाफ र नजायज आम्दानी गुमाएकोमा देशको स्थायी सरकार कर्मचारीतन्त्र संघियतालार्इ स्वीकार गर्नुभन्दा पनि बदनाम गराउन खोजेकै देखिन्छ । नागरीकको अपेक्षा दोव्वरले बढेका छन् । राज्यको बजेट बढे पनि सेवा प्रवाह गर्ने कर्मचारीको सक्षमता बढन सकेको देखिदैन् । प्रदेश वा स्थानीय तहको लागि चाहिने अतिआवश्यक नीति नियम पनि बन्न सकेका छैनन् । संघले अधिकार दिन नचाहने, स्थानीय तहले प्रदेशलार्इ नटेर्ने गुनासो प्रदेश सरकारहरूबाट बारम्बार सुन्ने गरिन्छ । आफनो छोराछोरी, घरपरिवार, र देश विग्रिन लाग्यो भने हामी सुधार्ने तिर ध्यान दिन्छौं तर अफसोच प्रदेशलार्इ बीचमा पेन्डुलम बनार्इ संघियता बदनाम गराउने अरूकोही नभएर नेता र कर्मचारी अग्रस्थानमा देखिन्छन् । यसको पछाडि केन्द्रीकृत मानसिकताले महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको देखिन्छ ।
अहिले नेताहरूमा सस्तो लोकप्रियताको भूत जागेका छन् । उनीहरू उत्पादनमुखीभन्दा पनि वितरणमुखी भएका छन् । दिन प्रतिदिन लोकप्रिय निर्णय गर्दै सस्तो लोकप्रितयता कमाएका छन । चिल्ला गाडी र सडक, गेट र भ्युटावर, मंन्दिर र मस्जिद बाहेक नेताहरूको दिमागमा केहि देखिएका छैनन् । देशमा दिन प्रतिदिन घटदै गएको उत्पादन कसरी बढाउने, बन्दभएका उद्धोगधन्दा कसरी चलाउने, देशका युवा जनशक्तिलाइ देशको विकास काममा कसरी लगाउने । भुइँतहका नागरीकहरूको स्वास्थ्य र शिक्षामा कसरी पहुच बढाउने । किसानका कामलार्इ कसरी सम्मानीत बनाउने आदि इत्यदी कुराम पटक्कै ध्यान पुग्न सकेको छैन् । सार्वजनीक संस्थाहरू नागरिकका समस्या सम्बोधन गर्न चुकेका छन् । नगरिक नेताबाट नखुस छन् । कमि कमजोरीजति नेताको थाप्लोमा थाप्दै कर्मचारीहरू पानीमाथिको ओभानो बन्दै हिडेका छन् । नागरीक भ्रष्टाचारबाट अजित छन । सरकारी अड्डामा बिनाकुनै किसिमको स्वार्थसिद्धी सायदै कुनै काम हुन्छ । कसैलाइ नोट कसैलाइ भोट कसैलाइ दुवै चाहिएका हुन्छन । कमि कमजोरी एउटापक्षको मात्रै होइन् । त्यसमा पनि संघिय लोकतान्त्रीक गणतन्त्रको पटक्कै होइन् । हो, असल नेता छान्नु असल नागरीकको दायित्व हो । के हामीले आफनो दायित्वलाइ इमान्दरीकासाथ निर्वाह गर्न सकेका छौं त, छैनौं नि ।
जस्तो र जतिसुकै गलती गरेपनि हामी आफनो पर्टी, नेताको खिलाफमा चुँसम्म बोल्न नसक्ने, निर्वाचनको समयमा बिचारसम्म बदल्न नसक्ने अनि गलती संघियताको थाप्लोमा राख्नु इमान्दारीता होइन् । आफनो फाइदाको लागि दिनरात नेतालाइ प्रेसर गरिरहने, गलत काम गर्न उक्साउने अनि गाली संघियतालाइ गर्ने । सांसद भएपछि पनि आफ्ना अगुवाको सामुन्ने आँखा जुधाएर कुरासम्म गर्न नसक्ने, जनताको सवाललाइ प्रखर रूपमा उठाउन र दबाव बनाउन नसक्ने, आफ्नै पार्टीका मन्त्रीलाइ स्वतन्त्र रूपमा काम गर्न नदिने सहिगलत सवै गर्न बाध्य बनाउने र दोषभरि संघियतामाथी थुपार्ने । न्यायधिश लगायत सम्बैधानीक आयोग तथा निकायमा भागबण्डमा आफनालाइ धुसाउने अनि स्वछ न्यायको सपना देखाउने र गाली चाँही संघियतालाइ दिइरहने ।
हो, शासन व्यवस्था बदलिए पछि त्यसको अवशेष रहिरहन्छन् । देशमा जमिन्दारी प्रथा नरहेपनि जमिन्दारहरू छन् । दासप्रथा गए पनि मालिक र दास समाजमै छन् । राजतन्त्र केन्द्रिकृत शासन व्यवस्था गएपनि राजाका अगुवापिछुवा वा कारिन्दाहरू अझै पनि बरकरार छन् । त्यस समयका नेताहरू जिवितै छन । उनीहरूले पाएका सुखसुविधा, मौजमस्ती गुमाएका छन् । इतिहासको याद आउनु वा फर्कने इच्छा राख्नुलार्इ स्वाभाविक रूपमा लिन सकिन्छ तर नयाँ पुस्ता तिनका जालझेलमा फस्नु स्वाभाविक मन्न सकिदैन् । संबिधानमा लोकतन्त्र, संघियता र गणतन्त्र अपरिवर्तनीय विषय हुन् त्यसमा छलफल, बहस चलाउन मिल्दैन र चलाउने समय पनि आर्इसकेको छैन् । त्यसकारण रातन्त्रका मतियारहरू खुल्मखुल्ला संघियता र गणतन्त्रको बरखिलाफमा बहस चलाउन मिल्दैन र लोकतन्त्रबादीहरूले अआफ्नो कार्यशालीमा व्यापक सुधार गर्न चुक्नु हुदैन ।