कपिलवस्तु रा.मा.वि.को आ.ब.२०७८/०७९ समाजिक परीक्षण सम्पन्न ।

असोज १२, २०७९

आज एक कार्यक्रमको बीचमा कपिलवस्तु रा.माध्यमिक विद्धालयको आ.ब. २०७८।०७९ को समाजिक परीक्षण सम्पन्न भएको छ । समाजिक परीक्ष समितिले बिभिन्न चरणमा विद्धालयको भौतिक, आर्थिक, एंव शैक्षिक दस्तावेजको अध्ययन तथा बिश्लेषण गरि त्यसको रेकार्ड प्रबिधिक समितिलाइ बझाएको थियो । सोही परीक्षण समितिको प्रतिबेदनको अधारमा ३ सदस्यीय प्रविधिक समितिले सम्पूर्ण गतिविधिलाइ अंकन गरि त्यसको प्रतिवेदन विद्धालयमा पेश गरेको थियो । प्रतिबेदन अनुसार त्यस आर्थिक बर्षमा विद्धालयको ८१लाख ६८ हजार २ सय ४७ रूपैया ३पैसाको आय व्यय भएको देखिन्छ । अधिकांश रकम शिक्षकको तलब भत्तामा खर्च भएको देखिन्छ । विद्धालयले गरेको काममा सक्रिय भूमिका निर्वाह गरेका समाजिक परीक्षण समितिका सदस्य विक्रम खरबिन्द्रले विद्धालयको हरेक रेकार्ड चुस्तदुरूस्त रहेको बताउनु भयो ।

कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष सहाबुद्दीन मुसलमानको अध्यक्षता र वडासदस्य मेघनाथ केवटको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रम संचालन विद्धालयका प्रधानाध्यापक परशुराम यादवले गर्नुकोसाथै सहभागीहरूको जिज्ञासाहरूको जवाफ पनि दिनुभएको थियो । सवै सहभागीहरूलाइ विद्धालयका सहायक प्रधानाध्यापक सुरेन्द्र केवटले स्वागत गर्न भएको थियो ।

समाजिक परीक्षण प्रतिवेदन तयार गरि स्वतन्त्र रूपमा, प्राविधिक समितिका संयोजक रामसेवक यादवले प्रस्तुत गर्नु भएको थियो । प्राविधिक समितिले प्रतिवेदन मार्फत विद्धालयको शैक्षिक उपलव्धी बढाउन, शिक्षक विद्यार्थीको अनुपात मिलाउन, पूर्वाधार व्यवस्थापनमा बिशेष जोड दिन सुझाव दिनुकोसाथै विद्धालय विकासका लागि शिक्षक अभिभावक तथा विद्धालय व्यवस्थापन समितिको समाना बुझाइ अनिवार्य रहेको कुरा औल्याएको छ ।

कार्यक्रम समापनको क्रममा विद्धालयका बरिष्ठ शिक्षक डोरप्रसाद पौडेलले प्रतिबेदनमा महत्वपूर्ण सुझाव दिनुकोसाथै विद्धालयको विकासको लागि शिक्षक, अभिभावक र विद्यार्थी तिनवटै पक्षको अहम भूमिकामा जोडदिनु भयो । विद्धालय व्यवस्थापन समितिका पूर्वअध्क्ष पुजारी यादव, रेडियो कपिलवस्तुका स्टेशन म्यानेजर तुलसीराम यादव, सनसाइन समाजिक विकास संस्था एवं विद्धालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष शिवलाल यादवले विद्धालयको शैक्षिक तथा भौतिक विकासको लागि सवैपक्ष मिलेर जानुपर्ने र विद्धालय कक्षा १२ सम्म संचालन गर्नुपर्नेमा जोडदिनु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि एवं वडासदस्य मेघनाथ केवटले हामीसवै विद्धालयको पूर्वविद्यार्थी पनि रहेको र जनप्रतिनीधिको हैसियतले पनि मेरो ठूलो जिम्मेवारी रहेकोले अगामी दिनमा विद्धालयको लागि हरसम्भव प्रयास गर्ने कुरामा जोड दिनुभयो । अन्तमा सवैलाइ धन्यवाद दिदै कार्यक्रमका अध्यक्ष सहाबुदीन मुसलमानले विद्धालयमा अनुशासन कायम गर्नको लागि सवैलाइ अग्रह गर्दै समापन गर्नुभयो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group