। सविता गुप्ता , साउन २२ कपिलवस्तु ।।
कपिलवस्तु जिल्लामा महिला हिसांको घटना बढदो क्रममा छ । जिल्ला प्रहारी कार्यालय कपिलवतुको अ.ब २०७८।०७९ को तथ्याङ्क अनुसार घरेलु हिसां तथा ठडो उजुरी गरी ३ सय ६३ वटा परेका छन । उजुरी परेको मुद्द फार्चौैट २ सय ३८ भएको र फर्चौट हुन बाकी १ सय १ वटा रहेको छ भने जिल्ला अदालत कपिलवस्तु मा १८ वटा पठाएको र नजिकाको प्रहरी कार्यालयमा ५ वटा पठाइएको जिल्ला प्रहारी कार्यालय कपिलवस्तुका प्रहारी नायब उपरिक्षक जेशी शाहले बताउनु भएको छ ।
आ ब. २०७८।०७९ मा घरयसी र झै झगडाको उजुरी, खाना लगउन नदिएको , कुटपिटको घटान, विवहा दर्ता सम्बन्धि , मादकपदार्थ सेवन सम्बन्धि ,पुरुष हिसां,पैतृक सम्पत्ति सम्बन्धि गरी जम्म ३ सय ६३ उजुरी परेको थियो।
गत आर्थिक वर्ष महिला हिसां सम्बन्धि २०७७।०७८मा २ सय ७० वटा उजुरी परेको थियो । १ सय १८ वटा फर्चाैट भएको र १ सय ३१ वटा फर्चाैट हुन बाकी रहेको छ भने ११ वटा सम्बन्धित नजिक को प्रहारी कार्यालय र जिल्ला अदालतमा १० पठाएको थियो । आ.व. २०७७।०७८ भन्दा आब २०७८।०७९ मा ९३ भन्दा बाढी उजुरी परेको शाहले बताउनु भएको छ । त्यसैगरी आ.ब २०७८।०७९ मा जाघन्य मुद्दा तर्फ जिल्ल प्रहरी कार्यालय कपिलवस्तुमा मानव बेचविखन तथा ओसरपार ५ , वहु विवाह १३ , वालविवाह ४ , जबरजस्ति करणी २८ , हाडनातामा जबरजस्ती करणी २ , जबरजस्ति करणी उद्योग १३ , अप्राकृतिक मैथुन २ , बालयौन दुरुपयोग ३ गरी जम्म ७० मुद्दा दर्ता भएको प्रहारी नायब उपरिक्षक जेशी शाहले बताउनु भएको छ । जसमा ६१ वटा मुद्दा फर्चाैट भएको र ९ वटा मुद्दा फर्चाैट हुन बाकी रहेको शाहले बताउनु भयोे ।
गत आ.ब.२०७७।०७८ मा मानव बेचविखन तथा ओसरपार ४ , वहु विवाह १७ , बिवाह १ वालविवाह सम्बन्धि १ , जबरजस्ति करणी ४३ , हाडनातामा जबरजस्ती करणी ५ , जबरजस्ति करणी उद्योग २४ , अप्राकृतिक मैथुन १ , बालयौन दुरुपयोग ४ गरी जम्म १ सय मुद्दा दर्ता भएको छ । जसमा ९९ वटा मुद्दा फर्चाैट भएको र १ वटा मुद्दा फर्चाैट हुन बाकी रहेकोे छ ।
महिला हिसांका घटान कपिलवस्तु जिल्लामा गत आ.ब भन्दा केहि बढेको भएपनि जघन्य अपराधका घटानमा कमी अएको जेशी शाहले बताउनु भएको छ । महिला हिसांका घटानहरु अहिले पनि समाजमा रहेका छ । कपिलवस्तु जिल्लामा हिसांका घटानहरु लुकाइरहेको कुरा मानव अधिकार गृह महुरी होम कपिलवस्तुका कार्यकारी निर्देशक लक्ष्मी श्रेष्ठले बताउनु भएको छ । कपिलवस्तु जिल्लामा महिला हिसांका घटान बढनुको मुख्या करण पैतृक सोच, शिक्षामा कामी ,बेरोजगरी रहेको कार्यकारी निर्देशक श्रेष्ठले बताउनु भएको छ । सम्बन्धित निकायमा महिला हिसांका उजुरी अहिले सजिलो संग दर्ता नभएकोले कपिलवस्तुमा केही कामी देखिए पनि गाउँघरमा बढादो अवस्थमा रहेको उहाँले बताउनु भएको छ । महिला हिसांका घटना रोकनका लागि सबैले मिलेर हतेमलो गरेरआगडी बढे मात्रै न्यूनिकरण हुन सक्ने श्रेष्ठले बताउनु भयो ।