
रामसेवक यादव, कपिलवस्तु
२०७९।०४। ०४
कोभिड १९ का कारण शैक्षिक क्षेत्रमा पर्न गएको असरलाई न्युनीकरण गर्दै गुणस्तर सुधार गर्नको लागि शैक्षिक सामग्री वितरण गरिएको छ । कपिलवस्तु जिल्लाको यशोधरा तथा मायादेवी गाउँपालिकामा संचालित कक्षा बाल विकासदेखि कक्षा ३ सम्मका सामुदायिक तथा धार्मिक मदरसा विद्यालयका विद्यार्थीहरुलाई सामग्री वितरण गरिएको छ । । रेडियो , इन्टरनेट , टेलिभिजन लगायतका सूचना संचारको प्रविधिभन्दा पनि बाहिरा रहेका बालबालिकाहरुको सिकाइमा पर्न गएको असर तथा शिक्षण सिकाइलाई निरन्तरता दिनको लागि टोल टोलमा गई शिक्षकहरुýारा नै थप कक्षा सहजीकरण गर्ने व्यवस्थापनका साथ टोल शिक्षा संचालनमा समेत सहयोग पुग्ने ध्येयका साथ उक्त्त सामग्री वितरण गरिएको हो । कालिका स्वालम्बन सामाजिक विकास केन्द्रको आयोजना , युनिसेफको सहयोग तथा मायादेवी र यशोधरा गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाको समन्वयमा दुबै पालिकाका कक्षा ३ सम्मका सबै बालबालिकाहरुलाई शैक्षिक सामग्रीको झोला वितरण गरिएको कार्यक्रम फिल्ड सुपरवाइजर सुचिता शाक्यले जानकारी दिनुभएको छ ।

शैक्षिक सामग्री अन्तर्गत अभिभावकले घरमै आफ्ना बालबालिकाहरुलाई गराउन सक्ने विभिन्न क्रियाकलाप समेटेको कार्यपुस्तिका , बाल कथा र कविताका किताबहरु, घरमै खेल्न सक्ने खेल सामग्री, कापी, कलम, कलर र ज्यामती बाक्स लगायतका शैक्षिक सामग्रीसहितको झोला वितरण भएको छ । प्रत्येक विद्यालयमा विभिन्न समयमा अभिभावक, टोल शिक्षक, प्रधानाध्यापक तथा विद्यार्थीहरुको बीचमा सामग्री वितरण गर्नुको उद्देश्य, त्यसको प्रयोगमा विद्यालय, अभिभावक तथा टोलशिक्षकको भूमिकाबारे स्पष्ट छलफल गर्दै जिम्मेवारीका साथ सामग्री वितरण गरिएको छ । स्तर सुहाउँदो तथा समय सान्दर्भिक सामग्री प्रदान गरी शैक्षिक गुणस्तरमा सुधारको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न अग्रसर भएकोमा अभिभावक तथा विद्यालयका प्रधानाध्यापकले कालिका स्वालम्बन सामाजिक विकास केन्द्रलाई विशेष धन्यवाद दिएका थिए ।एकिकृत पाठ्यक्रमको प्रयोगबाट कक्षा १ देखी ३ सम्मका विद्यार्थीहरुलाई विद्यालय समयभन्दा फरक समयमा खेल विधिद्धारा टोल कक्षा संचालन भैरहेको छ , जसबाट ३९११ जना बालबालिका लाभान्वित भएका छन् । त्यस्तैबालविकास देखि कक्षा ३ सम्मका जम्मा ५८३७ जना विद्यार्थीहरुलाई अभिभावकको सहयोगमा घरमै गराउन सक्ने स्व अध्ययन सामग्री वितरण गरीएकोमा यसबाट घरमा पनि अध्ययन गर्ने बानीको विकासमा सहयोग पुग्ने यशोधरा गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखाकाप्रमुख ध्रुव सेजवालले वताउनु भयो ।
काललिका स्वालम्बन सामाजिक केन्द्रको आयोजना , युनिसेफ तथा युएसआइडीको सहयोग र मायादेवी एवं यशोधरा गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाको समन्वयमा विगत ४ महिनादेखि शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रम अन्तर्गत कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुको लागि टोलटोलमा टोल शिक्षकद्घारा थप कक्षा संचालन हुँदै अएको कुरा संस्थाका कार्यकारी निर्देशक अर्जुन थापाले वताउनु भएको छ ।