शिक्षामा कोभिड प्रतिकार्यको लागि टोल शिक्षा कार्यक्रम ।।

कपिलवस्तु जागरण,

शिक्षामा कोभिड प्रतिकार्यको लागि टोल शिक्षा संचालन गर्ने प्रयोजनार्थ सहजकर्ताहरुको लागि २ दिने तालिम सम्पन्न भएको छ । लामो समयदेखि कोडिभ १९ का कारण विद्यार्थीहरुको सिकाइ उपलब्धीमा पर्न गएको नकारात्मक असरलाई न्यनिकरण गर्ने उद्देश्यकासाथ टोल शिक्षा संचालन हुन लागेको वताइएको छ । रेडियो , इन्टरनेट , टेलिभिजन लगायतका सूचना संचारको प्रविधिभन्दा पनि बाहिरा रहेका बालबालिकाहरुको सिकाइमा पर्न गएको असर तथा शिक्षण सिकाइलाई निरन्तरता दिनको लागि टोल टोलमा गई शिक्षकहरुले नै थप कक्षा सहजीकरण गर्ने व्यवस्थापनका साथ टोल शिक्षा संचालन गर्ने कार्यको लागि सहजकर्ताहरुलाई तालिम संचालन भएको छ । कालिका स्वालम्बन सामाजिक विकास केन्द्रको आयोजना , युनिसेफको सहयोग तथा मायादेवी गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाको समन्वयमा तालिम संचालन भएको हो ।

तालिममा मायादेवी गाउँपालिकाभित्रका दुई चरणमा गरी ६६ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण प्रशिक्षक रामसेवक यादवले गरेका थिए । मायादेवी गाउँपालिकाका शिक्षा तथा खेलकूद शाखाका प्रमुख अमिन प्रसाद चौधरीको अध्यक्षतामा समापन भएको तालिमको समापन समारोहमा बोल्ने वक्ताहरुले टोल शिक्षाले विद्यालयको शैक्षिक सिकाइ उपलब्धीमा साकारात्मक भूमिका निर्वाह गर्ने भएकोले तालिममा सिकेको सिपहरु टोलशिक्षामा प्रयोग गर्न हुन अनुरोध गरेका थिए । समुदायको शैक्षिक विकासको मेरुदण्ड शिक्षक नै भएकोले आफ्नो जिम्मेवारी इमानदारीतापूर्वक निर्वाह गर्न हुन उपस्थित सबै शिक्षकहरुलाई आग्रह गरिएको थियो । तालिमको समापन समारोहमा कालिका स्वालम्बन सामाजि विकास केन्द्रका अफिसर चन्द्रकुमार तिवारी , सुचिता शाक्य लगायत पालिकाका शिक्षा शाखाका प्राविधिक सहायकको उपस्थििति रहेको थियो

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group