
देश निर्वाचनको संघारमा छ । सवै नेता एवं कार्यकर्ताहरु अआफना पार्टी जिताउन दिन रात कसरत गरिरहेका छन । यसै विषयमा जनता समाजबादी पार्टी नेपालका नेता एवं लुम्बिनी प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवसँग संक्षिप्तमा गरिएको कुराकानीको केही अंश ।
प्रश्नकर्ताः चुनावको माहोल छ । कतिको व्यस्त हुनुहुन्छ ?
सहसराम यादवः व्यस्तता त भइहाल्छ । चुनवले हरेक राजनीतिक दलका कार्यकर्ता जस्तै हामीलाइ पनि व्यवस्त बनाएकाे छ । तर सवै ठाउँमा मैले नै जानुपर्छा भन्ने छैन । साथीहरू गरिरहेका छन ।
प्रश्नकर्ताः समग्रमा जसपाकाे अवस्था कस्ताे छ ?
सहजराम यादवः राजनीति हो । निश्चित हुदैन । तर समग्रमा जसपाको अवस्था धेरै राम्रो छ । आउने निर्वाचनमा जनताले साथ दिनुभयो भने कपिलवस्तुमा पहिलो पार्टी बन्ने लगभग पक्क छ ।
प्रश्नकर्ताः के आधारमा पहिलो पार्टी बन्ने दावी गर्नु हुन्छ ?
सहसराम यादवः हामीसँग आधार छ । हेर्नुस् दशवटा स्थानीय तहमा ६ वटामा हामी जितिरहेका छाै । नामै तोकेर भन्नुपर्दा सुद्धोधन, मायादेवी, यशोधरा र विजय नगर गाउँपालिका र कपिलवस्तु र शिवराज नगरपालिकामा हामी जित्दैन छाैं त्सबाहेक अरूमा पनि हाम्रो पकड बन्दै गएको छ । त्यसकारण मलाइ लाग्छ हामीलाइ पहिलो पार्टी बन्न अव कसैले पनि राेक्न सक्दैन ।
प्रश्नकर्ताः टिकट वितरणमा कांग्रेस र एमाले पार्टीलाइ धेरै सकस भयो । कतिपय ठाउँमा बागी उमेदवार पनि लडेका छन । तपाइँकोमा के छ अवस्था ?
सहसराम यादवः टिकटको समयमा केहि रसाकसी हुनु स्वाभाविक पनि हो तर त्यसलाइ व्यवस्थापन गर्न सक्नु पर्दछ । हाम्रोमा त्यस्तो केही बिबाद छैन । समय अनुसार योग्यता, क्षमता र योगदान अनुसार सवैले पाउनु हुन्छ । हामी पार्टीका सवै नेता तथा कार्यकर्तालाइ व्यस्थापन गर्न प्रतिबद्ध छाैं ।
प्रश्नकर्ताः जसपालाइ नै भोट किन ?
सहजराम यादवः धेरै राम्रो प्रश्न गर्नुभयो । जसपाका कार्यकरणी अध्यक्ष मधेश अन्दोलनका नायक हुन । उनकै अगुवाइमा मधेश अन्दाेलन भएकोमा कसैलाइ दुबिधा नहोल् । मधेश अन्दोलने मधेशीको मात्र नभइ दलित, जनजाती, मुस्लिम लगायत अन्य समुदायको पहिचान दिलाउन अग्रणि भुमिका निर्वाह गरेको छ । संघियता, समाबेशी र समानुपातिक राज्य व्यवस्था तत्कालिन मधेशी जनाधिकार फोरम हालको जसपाको रहेको थियो । केही हदसम्म प्राप्त पनि भएको छ । फलस्वरुप बार्षिक रुपमा हजाराैं दलित, जनजाती, महिला, अपाङ्ता भएकाहरु समाबेशी कोटामा जागिर पाएका छन र पढनका लागि छात्रबृति पाएका छन । यसलाइ चानचुने उपलव्धी मान्न सकिदैन । आज गाउँगाउँमा करोडाै रकमको कार्यक्रम आउँछन । तिब्र गतिमा विकास अगाडि बढेका छन ।यि सवै संघियताकै देन हुन । त्यसकारण म भन्छु संघियता र समावेशीताको रक्षाकाे लागि जसपालाइ नै भोट दिनु पर्दछ ।
प्रश्नकर्ताः गाउँमा जसपाले के गर्यो भन्ने प्रश्न गर्ने मानिस थुप्रै छन । तपाइका कार्यकर्ताहरुले उनीहरुको चित्त कसरी बुझाउने ?
सहसराज यादवः उनीहरुसँग उल्टै प्रश्न सोद्धनुस् भन्छु । २००७ सालको परिवर्तन कांग्रेसको आन्तरी किचलोको कारणले २०१७ सालमा राजाले प्रजातन्त्रनै अपदस्थ गरेका थिए । २०४६ सालपछि पनि कांग्रेस र एमालेलाइ नै बारम्बार बिश्वास गरे तर उनले देश र जनताका लागि के दिए ? झन्डैझन्डै दुइ तिहाइको एकल सरकार संचालन गर्न सकेनन् । अव उनलाइ किन चाहियो बहुमत ? उनीहरु असक्षम रहेको प्रमाणित भइसकेको छ ।
प्रश्नकर्ताः नेपाली कांग्रेस र एमालेलाइ छाेडेर जसपा छान्नै पर्ने कारण के छन?
सहसराम यादवः कारण एकदुइवटा होइना धेरै छन । हेर्नुस् देशमा आएको राजनीतिक परिवर्तन देखिनै नेपाली कांग्रेस र एमाले सत्ताको वरिपरी घुमिरहेका छन । तर उनले देश र जनताको लागि एउटा पनि गतिला काम गर्न सकेका छैनन् । जनताले बहुमत पनि दिए तर त्यसको सधैंभरि दुर्पयाेग गरेका छन । उनका केही मुठ्ठीभर कार्यकर्ता मोटाएका छन । जसपाले आफनो नाम अनुसारको काम गर्छ । हामी पानी जहज, भ्युटावर, र रेलको सपना बाँडदैनाैं । हामी समुदायिक विद्यालयलाइ राम्राे बनाउँछाै, सरकारी स्वाथ्य संस्थामा सुधार गर्छाैं, किसानलाइ बीउविजनको व्यवस्था गर्छाैं । सवै घरमा कम्तिमा एक चर्पी र एक खानेपानी धाराको व्यवस्था गर्छाै । स्थानीय स्तरमा रोजगरको सृजना गर्छाै । शासन प्रशासनमा सुधार ल्याउछाैं । भ्रष्टाचारको अन्त गर्छाैं ।
प्रश्नकर्ताः तपाइँको पार्टीलाइ यादवको पार्टी भनेर आराेप लगाउने गरेका छन त्यसमा तपाइँले के भन्न चाहनु हुन्छ ?
सहसराम यादवः बिपक्षीहरुले जनतामा भ्रम फैलाउन त्यस्ताे हल्ला फैलाउने गरेका छन् तर यसमा के भन्न चाहन्छु भने जसपा नेपालको सभन्दा समाबेशी पार्टी हो । अध्ययन, अनुसन्धान र तथ्यांक राख्ने व्यक्तिले सहजै बुझ्न सक्छ । तपाइँ केन्द्रमै हेर्नुस् न बाबुराम भट्टराइ, अशोक राइ, उपेन्द्र यादव तिनै जना मधेश पहाड र हिमालको प्रतिनीधित्व गर्नु भएको छ । मधेश प्रदेशमा हेर्नुस् न यादव बाहुल्य प्रदेशमा मुस्लिम समुदायको लालबाबु राउत मुख्य मन्त्रिको रूपमा काम गर्नु भएको छ । जनता जानकार छन सवै बुझेका छन् ।
प्रश्नकर्ताः थप केही भन्न चाहनु हुन्छ ?
सहजराम यादवः खासैभन्नु छैन तर यतिमात्र भन्छु कि जसपा मधेशी, दलित, जनजाती, महिला, मुस्लिमको हक अधिकारको लागि स्थापना भएको पार्टी हो । उनको हक र अधिकारको लागि सधैं सडक र सदन दुबै ठाउँबाट संघर्स गर्दै आएको छ र अगामी दिनमा पनि गरिरहने छ । एकपटक जनमत दिनुस् निरास हुन दिने छैनाैं ।