
यशोधरा गाउँपालिका भित्रका सम्पुर्ण नगरबासीहरुमा अनुरोध गरिन्छ की यस सुख्खा मौषममा आगलागी भई धन जनको ठूलो हानी हुन सक्छ । त्यसैले आगलागी बाट आफु पनि बचौं , अरुलाई पनि बचाऔं ।
- आगो , सलाई , लाईटर जस्ता ज्वलनशील समाग्री बच्चाहरुको पहुँच बाट टाढा राखौ ।
- खाना पकाई सकेपछि आगो राम्रो संग निभाउनु होस ।
- खाना पकाई सकेपछि चुल्हो बाट निष्केका आगोको धुलो जथाभावी न फाल्नु होस ।
- गहुँ काटेपछि गहुँको डाँठमा आगो न लगाउनु होस । यसरी आगो लगाउँदा जमिनमा रहने हाम्रा मित्र किराहरुको नाश हुन्छ र वातावरणमा पनि न राम्रो प्रभाव पर्न सक्छ ।
- हाम्रो सानो लपरवाहीले ठूलो धनजनको क्षति हुन सक्छ ।
अनुरोधक
यशोधरा गाउँपालिकाको कार्यालय
बैदौली, कपिलबस्तु