यशोधरा गाउँपालिका बासीहरुमा अनुरोध गरिन्छ कि यही चैत्र २२ गते देखी बैषाख ८ गते सम्म जिल्ला भरिमा १५ महिना देखी १५ बर्ष उमेर पुगेका सबै बालबालिकाहरुलाई टाईफाइड रोग बिरुद्धको खोप लगाउने कार्यक्रम रेहेकोले आफ्ना बालबालिकाहरुलाई खोप लगाउन बाट न छुटाऔ ।
- टाइफाइट रोग बिरुद्धको खोप लगाउनले उक्त रोग बाट बच्न सकिन्छ ।
- बढी ज्वरो आउँदा , टाउको दुख्दा , जिउ दुख्दा, कहिले काही झाडा पखाला लाग्दा टाइफाइड रोग लागेको लक्ष्ण सम्झनु पर्छ ।
- समायमा उपचार गराउँदा यो रोग निको हुन सक्छ ।
- समयमै उपचार न गराए मान्छेको मृत्यु पनि हुन सक्छ ।
अनुरोधक
यशोधरा गाउँपालिकाको कार्यालय
बैदौली, कपिलबस्तु