कपिलवस्तुकाे बुद्धभूमिमा अवधी संस्कृतिक ग्राम निर्माण हुने ।

कपिलवस्तु १५ जेष्ठ ।

तुलसीराम यादव
बुद्धभूमि नगरपालिका वार्ड न. १० को चेतरदेई र मोतिनगर क्षेत्र अन्तरगत अवधी संस्कृतिक ग्राम निर्माण गरिने भएकाे छ । त्यस कार्यकाे लागि स्थानीय सरकार र स्थानीयवासीहरु बीच छलफल पनि सम्पन्न भएकाे छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण हुन गईरहेको अवधी संस्कृतिक ग्राम मार्फत यस क्षेत्रको आर्थिक , सामाजिक , संस्कृतिक विकासमा टेवा पुग्ने कुरामा नगर प्रमुख केशव कुमार बिश्वास ब्यक्त गर्नुभएको छ । वडा अध्यक्ष सन्दीप पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीको रुपमा नगर प्रमुख केशव कुमार श्रेष्ठ रहनु भएको थियो । पर्याटन डिभिजन कार्यलय रुपन्देहीका प्राबिधिक टीम लगायत स्थानियको उपस्थितीमा छलफल भएको हो । अवधि संस्कृतिक ग्राम निर्माण पछि यस क्षेत्रको बिकासमा टेवा पुग्ने सबै बिश्वस्था रहेका छन । अवधि संस्कृतिक ग्राम निर्माणको लागि प्राबिधिकले जग्गाको पनि छनौट समेत गर्नुकाेसाथै निर्माण गरिने बिधि र शैलीबारे पनि छलफल भएको थियाे । यस कार्यक्रम अन्तरगत संग्राहालय, सांस्कृतिक घर, पार्क, अवाध लगायतका पूर्वाधारहरु चरणबद्ध रुपमा हुदैजाने जानकारी लुम्बिनी प्रदेश पर्यटन विकास समितिका सदस्य एव समाजिक अभियन्ता पाेमनारायण पाैडेलले जानकारी गराउनु भएकाे थियाे ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group