मधेश राजनीतिको चित्र र चरित्र ।।

    

परशुराम यादव

 म कुनै अर्कै पार्टीमा जाँदै थिए । मेरा मित्र, दाजु मोती दुगडले मलाइ बाटोबाटै समातेर लगि ओलीसँग भेटाइ दिनुभयो । म एमाले भएँ . लाल सलाम भन्दै जनता समाजबादी पार्टीबाट निर्वाचित बीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी नेकपा एमालेमा प्रबेश गरे । कपिलवस्तुको कृष्णानगर नगरपालिका मेयर जसपा प्रवेश गर्ने हल्ला चल्दाचल्दै यु टर्न लिइ यकायाक एमालेमा प्रबेश गरे । मधेशका चर्चित एवं सशक्त नेता हृदेश त्रिपाठीसँगै संसद बृजेश कुमार गुप्ता, इश्वरदयाल मिश्र लगायत केही नेताहरू तत्कालिन तराइ मधेश लोकतन्त्रीक पार्टी छोडेर स्वतन्त्र समुह बनाइ नेकपाको चुनाव चिन्हमा चुनाव लडे, हृदेश त्रिपाठी र बृजेश गुप्ता चुनाव जिते पनि र एमालेमा बँधुवा मजदुरको रूपमा काम गरे । अहिले हृदेश त्रिपाठी जनता प्रगतिशील पार्टी बनाएर अध्यक्ष भएका छन र अर्का नेता बृजेश कुमार गुप्ता हृदेशको साथ छोडेर औपचारीक रूपमा तामझामका साथ एमालेमा प्रबेश गरिसकेका छन । समाजवादी पार्टीका केही चर्चित नेताहरू एमाले जान तयार भएको बेलामा समाजवादी पार्टी र तत्कालिन राजपाको रातारात एकिरणले उनीहरू झस्किए अपहरणको नाटक पनि गरे । एक बर्ष नबित्दै जसपा फुट्रयो अहिले जसाप र लोसपा भएका छन । केही दिन पहिले जसपा फुटको संघारमा भन्दै शीर्षतहले मुख नखोले पनि तिनका पिछलग्गुहरूले मिडियामा बोल्न थालेका थिए । तर शीर्ष नेताको समझदारीले संकट टरेको देखिन्छ । नेकपा एमालेमा जान तयार बिरगंजका चर्चित नेता राजेशमान सिंह जसपामा प्रबेश गरेका छन । केहीदिन पहिले जसपाको बदख्वार्इ गरेका सिंह पार्टी प्रबेशसँगै वाहवाही गर्न थालेका छन । देशको राजनीति तरल छ त्योभन्द प्रनि मधेशको राजनीति झन तरल रहेको छ । मधेशको राजनीति किन र कसरी यस्तो अवस्थामा आइपुग्यो ? नेताहरू देश र मधेशप्रति किन जागरूक भएनन् । ६२ सालभन्दा पहिला मधेशको अवस्थामा केही फरक थियो थिएन् ? यि र यस्ता धेरै अनुत्तरीत प्रश्नहरू छन । जसको जवाफ इतिहासले केही मात्रामा दिएको छ । तराइलाइ संघिय ढाँचामा लैजाने, हिन्दी भाषालाइ नेपालीपछिको दोस्रो भाषाको रूपमा मान्यता दिनुपर्ने, नेपाली सेनामा मधेशी युवालाइ समाहित गर्नुपर्ने माग सहित बेदानन्द झाँ, रामजनम तिवारी, श्यामलाल मिश्र लगायतका नेताहरूले २००८ सालमा तराइ कांग्रेस पार्टीको स्थापना गरे । २०१३ सालमा लक्ष्मी प्रसाद देवकोटा शिक्षा मन्त्री भएको समयमा नेपालीलाइ नेपालको एकमात्र मुख्य भाषा घोषणा गरेपछि अन्दोलनको शूरूवात पनि गरे तर नेपालको पहिलो आम निर्वाचनमा सवैजना पराजित भए यहाँसम्म कि सवैको जमानत नै जफत भयो । २०१७ सालमा राजाले निर्दलीय पञ्चायती व्यवस्था लागू गरिसकेपछि बेदानन्द झाँ मन्त्री, गाउँ फर्क राष्ट्रिय अभियानका अध्यक्ष, पछि भारतको लागि राजदूत भए । उनको बृति विकास भयो तर उनले उठाएका कुनै पनि राजनीतिक मुद्दा सम्बोधन भएन । पञ्चायती व्यवस्थाको अन्तपछि गजेन्द्र नारायण सिंहको अध्यक्षतामा नेपाल सदभावना पार्टीको स्थापना भयो बहुदलीय व्यवस्थाको पहिलो निर्वाचनमा केही सिट जित्न पनि सफल भए । संसदमा हिन्दी भाषा र धोती कुर्ता पोसाकको उपस्थिति देखियो तर त्यसलाइ स्वीकार्न नेपाली राजनीति र समाजलाइ कठिन भयो । मधेशका एक साहसिक नेता नेपाली रानजीतिमा संघर्ष गरिरहे । कहिले पहाडी मानसिकतासँग त कहिले आफनै सहकर्मीसँग लडिरहे । उनको निधनपछि बद्री प्रसाद मण्डल, राजेन्द्र महतो र अनिल झाको अन्तर कलहले पार्टीको अस्तित्व नै सक्यो । स्वार्गिय गजेन्द्र नरायण सिंह नरहे पनि उनका सहकर्मी राजेन्द्र महतो र अनिल झा सदभावना सकाएर मधेशको राजनीतिमा एकवाट अर्को राजनीतिक पार्टीमा हाम फाल्दै सक्रियताका साथ लागिरहेका छन । दोस्रो जनअन्दोलन एवं मधेश अन्दोलनसँगै नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीका धेरै नेताहरू मधेशी र मधेश सचेतीकरणमा लागे । मधेश अधिकारको सवालमा एक किसिमको तरड्ग नै फैलाए । निर्वाचनको समयमा केही आपनो माउ पार्टीमा फर्के । त्यसमा मधेशी जनाधिकार फोरमलाइ उपेन्द्र यादवले नेतृत्व गरेर दलको रूपमा दर्ता गराए भने महन्थ ठाकुरको नेतृत्वमा तराइ मधेश लोकतान्त्रीक पार्टीको नेतृत्वमा केही नेता संगठित भए । पहिलो निर्वाचनमा संसदमा मधेशको बलियो उपस्थिति भयो । तर दुर्भाग्यबस पाँचबर्षसम्म कुनै पनि पार्टी एक जुट रहन सकेन । यिनको कुकृत्यबाट मधेशका नागरीकले सम्मानभन्दा पनि अपमान बढी पाए । त्यसपछिको निर्वाचनमा नराम्रोसँग पराजित भए । मधेशका मुद्दाभन्दा पनि सत्ता मोहमा फसेको कारणले राज्यले मधेशका नेताको मुल्यांकन नै घटाएको देखिन्छ । पछिल्लो निर्वाचनमा सपा र तमलोपले गठबन्धनसँगै पार्टी एकिकरण गरेकै कारण मधेश प्रदेशमा सरकार बनाउन सफल भए र देशमा तेस्रो शक्तिको रूपमा स्थापित भएका थिए । तर सत्ता परिवर्तनको संकेत पाएपछि जसपा बिभाजन भएर सर्पसिढींको खेलमा लाग्यो । सर्पको मुखमा परी पुनः अधार स्थानमै झर्यो । समस्या जसपाको मात्र होइन् मधेशमा स्थापना भएका सवै पार्टीको हालत एउटै छ । 

मधेशका आमनागरीक मधेशी दल र तिनका नेतालाइ नै चाहन्छन । त्यसमा दुइमत छैन तर मधेशका नेता र कार्यकर्ताहरूमा एकअर्कालाइ स्वीकारने अवस्था कमै देखिन्छ ।  मधेशमा कायम रहेको बाबुबाद अझै पनि कायमै छ । मधेशका अधिकांश बाबुहरू कांग्रेस र एमालेसँग कुनै न कुनै रूपमा टाँसिएका छन । कांग्रेस र एमाले मधेशको साथमा जति घात र अन्तर्घात गरेपनि मधेशका नागरिक बाबुहरूबाट ठगिन्छन् । नागरीकहरू राजनीतिक सिद्धान्तभन्दा आफनै अनुहारकाहरूबाट ठगिर्कइन्छ। मधेशका युवाहरू मधेशको राजनीति केहीमात्रमा बुझेका छन । मधेशी दललाइ सहयोग पनि गरेका छन । तर तिनका नेता तथा कार्यकर्तामा एक अर्कालाइ स्वीकार्न सकिरहेका छैनन् । कांग्रेस र एमालेमा बीस बर्षदेखि राजनीति गरेका कतिपय मधेशका युवाहरू जिल्ला कमिटीको सदस्य बन्नसकेका छैन तर मधेशबादी दलमा केन्द्रिय सदस्यमा पनि अपमान समझ्नछन् । कपिलवस्तुको ३ नं. क्षेत्रका सांसद अभिषेक प्रताप शाह समाजबादी पार्टीमा केन्द्रिय उपमहासचिव थिए तर त्यसमा सन्तुष्ट हुनसकेनन् । कांग्रेस प्रबेश गरे केन्दिय सदस्य हुन सकेनन् मंन्त्रि पनि बन्न पाएनन् तर पनि संन्तुष्ट छन । दोस्रोमा मधेशलाइ बिगारेको नेता तथा कार्यकर्ताको महत्वकक्षा हो जसको कारणले उनीहरू काम कम र फार्दइदा धेरै खोज्ने गरेका छन । कार्यकर्ताहरू पार्टीको कामभन्दा पनि व्यक्तिगत बृतिविकासमा धेरै ध्यान दिने गरेका छन थोरै समयमा ठूलो पद चाहन्छन । तेस्रो मधेशा सैद्धान्तिक बिचलन धेरै छन, नेतालाइ पद र पैसा भएपछि आफनो दल, सिद्धान्त, मानसम्मान, इज्जतलाइ दाउँमा लगाउन तयार हुन्छन ।  आफनो राजनीतिलाइ नै तिलान्जली दिन समेत तयार हुन्छन । चौथो नेपालको अस्थिर राजनीतिले देशलाइ घाटा त छँदैछ त्यसभन्दा पनि मधेशलाइ झन घाटा छ । मधेशका दलहरू सत्तासँगै टुटने र फुटने गरेका छन । नेपाल र भारत दुवै देशका सरकारहरूले मधेशलाइ मोहरा बनाएका हुन्छन । मधेशलाइ आस्थिर बनाइ राख्न चाहन्छन् किन कि धमिलो पानीमा माछा मार्न सजिलो हुन्छ । मधेशलाइ स्थिर बनाउने काम मधेशीबादी वा मधेशकर्मीको हो तर अफसोच उनीहरू बारम्बार चुक्दै गएका छन ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group