पूर्व सांसद विष्णुराज आचार्यको निधन ।।

रहेनन् कांग्रेसी नेता विष्णुराज आचार्य

कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुका वरिष्ठ नेता तथा पूर्व सांसद विष्णुराज आचार्यको निधन भएको छ । आचार्यको उपचारको क्रममा काठमाडौंमा ७४ वर्षको उमेरमा निधन भएको हो । उनको जन्म २००४ सालमा भएको थियो ।

नेता आचार्य २०४८ र २०५१ सालको निर्वाचनमा कपिलवस्तु क्षेत्र नं ३ बाट सांसद पदमा निर्वाचित भएका थिए । उनको निधनले कपिलवस्तु कांग्रेस शोकमा डुबेको छ ।

नेपाली कांग्रेस कपिलवस्तुले एक शोक विज्ञप्ति जारी गर्दै आचार्यको निधनले कपिलवस्तु कांग्रेसलाई ठूलो क्षति भएको नेपाली कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलामले बताए ।

नेपाली कांग्रेस कपिलवस्तुले शोकाकुल परिवारमा गहिरो सम्वेदना प्रकट गर्दै अभिभावक गुमेकोप्रति दुःख व्यक्त गरेको छ ।

नेता आचार्यको कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ मा घर हरेको छ भने हाल काठमाडौंमा बस्दै आएका थिए । उनको शनिबार बिहान निवासमै निधन भएको हो । उनका ३ छोरी र श्रीमती रहेका छन् ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group