न्याय र समानताको लागि जसपाको बिजय आवश्यक: नेता रामअचल यादव

May be an image of 6 people and people standing

शत्रुघन खरविन्द , चैत १७ ,कपिलवस्तु ।।

न्याय र समानताको लागि जनता समाजबादी पार्टी (जसपा) बिजय आवश्यक रहेको जसपाका नेता राम अचल यादवले बताउनु भएको छ । बुद्धभुमि नगरपालिका वडा नम्बर १० विजगौरी चौरहमा अयोजित प्रार्टी प्रवेश तथा आमसाभ कार्य्रकममा सो कुरा बताउनु भएको छ । सोही कार्यक्रममा उपस्थित लुम्बिनी प्रदेशको भौतिक पुर्बाधार बिकास मन्त्री तथा जनता समाजवदी पार्टीका संसदीय दालका नेत सहस राम यादवले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा चुनावी तालमेल आवश्यकता र ठाउँ अनुसार गरिने बताएका छन् । पार्टी भित्र ईमानदार , जुझारु , कर्तब्यनिष्ठ नेता तथा कार्यक्रताहरुको प्रबेशले पार्टी बलियो बन्दै गएको यादवको भनाई रहेको छ । संविधानमा मधेसी ,मुस्लिम ,आदिवासी , जनजाति को अधिकार पुर्ण रूपमा सुनिश्त गर्न नसकेकोले अपुर्ण रहेको मान्त्र यादवले बताउनु भएको छ । संविधान सबैको लागि र पुर्ण सनुपातिक हुनु पर्नेमा यादवले जोड दिनुभएको छ । २०४७ सालमा जरीभएको संविधान विभेदकारी भएकोले अहिले को संविधानमा सबैको अधिकार तथा प्रतिनिधित्व गर्नको लागि शांसोधन गर्नु पर्ने मान्त्री यादवले जोड दिनुभएको छ । मधेसी ,मुस्लिम ,आदिवासी , जनजाति लगायतलाई समबेशी अधिकार दिने एक मात्र पार्टी जसपा रहेको र नेपाली कांग्रेस जबसम्म मधेस र तराईबाट हटादैन तबसम्म विकास नहुने उहाँ को जिकिर रहेको छ । देशमा गणतन्त्र नेकपा एमाले नचाहेको अरोप लगाउदै प्राप्त उपलब्धिलाई संरक्षण गर्न को लागि गाठबन्धन बनेको बताउनु भएको छ । गत निर्वाचनमा मधेस प्रदेशबाट जसपा पुर्ण बहुमतबाट जितको शुरुवात गरेको र अब सबै प्रदेशमा जसपा जिते मात्र विकास हुने सहस राम यादव बताउनु भएको छ ।

कपिलवस्तु जिल्ला शिक्षा ,स्वास्थ, खानेपानी , यातायातमा लुम्बिनी प्रदेशबाट फड्को मर्ने तरिकाले कार्यहरु अगाडि बढेको मन्त्री यादवले बताउनु भएको छ । लुम्बिनी प्रदेशबाट कपिलवस्तुको विकासको लागि प्राथामिकतमा रखेको बताउदै बुद्धभुमि नगरपालिका वडा १० मा शिक्षा ,स्वास्थ ,कृषि ,यातायात, खानेपानी ,लगायत विकासको लागि अगमी दिनमा प्रथमिकतमा राखेर लुम्बिनी प्रदेशबाट बजेट विनियोजन गर्ने यादव प्रतिबद्धात समेत व्यक्त गर्नु भएको छ ।

May be an image of 1 person, standing and outdoors

आगामी वैशाख ३० गते हुने स्थानीय तह बुद्धभुमि वडा १० मा जसपालाई जिताउन अग्रह पनि गर्नु भएको छ । पुर्ब महिला तथा बालबालिका मन्त्री तथा जसपा लुम्बिनी इन्चाज दान बहादुर चौधरी देशमा काम नलाग्ने पार्टी नेकपा रहेको बताउनु भएको छ । देश विकासको बाधक नेकपा रहेको चौधरीले बताउनु भएको हो । भेषभुषा देखि सबै ठाउँमा अहिले मधेसीलाई विभेद भइरेको चौधारीले बताउनुभएको छ । अगमी दिनमा सही ,सक्षम र विकास प्रेमी नेतालाई मतदान गर्न उहाँले अग्रह गर्नु भएको छ । जसपा केन्द्रीय अनुशासन विभाग संयोजक तथा वरिष्ठ अधिवक्त नरसिंह चौधारी अहिले नगरीकता विहिनहरुको लागि एक पटक जसपा जिताउनु पर्ने बताउनु भएको छ । जनसंख्यको हिसाबले निर्वाचन हुनुपर्ने र जसपा जिते मात्र शिक्षा ,स्वास्थ्य ,विकास लगायतको लहर आउने चौधारीले दावी गर्नभएको छ । विकासको लागि स्थानिय तह देखि नै समस्य रहेको जसपा सदस्य तथा कपिलवस्तु नगरपालिकाका भावी मेयर पदका उमेदवार रामआचल यादव (स्वामी) ले बताउनु भएको छ । कपिलवस्तु जिल्लामा बजेट समबेशी तरिकले वितरण नभएको यादवले अरोप लागउनु भएको छ । जनप्रतिनिधि अएको ५ वर्ष भाइसकेको छ तर कसैलाई पालिकाहरुले योजना तर्जुमामा सहभागी नगराएको आरोप लगाउनु भएको छ । स्थानीयले अब आफ्नो जना प्रतिनिधि संगै प्रश्न गर्ने समय अएको यादवल भनाइ रहेको थियो । कार्यक्रममा उपास्थित सबै जनालाई जसपा नेपालको चुनवा चिन्ह छात मा मतादन गर्न अग्रह गर्दै पुर्ण सनुपातिक ,समबेश र जनसंख्या को अधरमा बजेट विनियोजन हुनु पर्ने उहाँले जोडदिनु भएको थियो । जसपा लुम्बिनी प्रदेशका सदस्य तथा बुद्धभुमि नगरपालिका वडा नम्बरका १० का का.वडा अध्यक्ष सन्दीप कुमार पाण्डेयले जसपा पार्टी सबैको साथ सबैको विकास को साथ आगडी बढी रहेको बताउनु भएको छ । अहिले निर्वाचनको समय छ । निर्वाचनमा धेरै नेताहरु झुठा आश्वासन लिएर आउछन । जस्तै वर्षातको समयमा भ्यागुतो पानी परेपाछि बहिर आउछन त्यस्तै निर्वाचनको समयमा जनताको भोट लिन नेता आउछन र चुनावपछि कत हराउछन कसैलाई थहाँ हुदैन पाण्डेयले बताउनुभएको छ । त्यसैले मतदाताले चनाखो भएर मतदान गर्न आग्रह गर्नुभएको छ । नेकापा एमाले ,नेकापा मउवादी , नेपाली कंग्रेस पार्टी बर्षाै देखि चुनावा जित्दै अएको तर अहिलेसम्म केही बदलाव नअएको भनेर उहाँले प्रश्न गर्नु भयो । कार्यक्रममा जसपा जिल्ला अध्यक्ष अध्यक्ष शैलेन्द्र यादव , मागादेवी गाउँपालिका अध्यक्ष तथा जसपा केन्द्रीय सदस्य वजरगीं प्रसाद कुर्मी , केन्द्रयीय पारषद समस्य राम नेवास यादव , जसपा लुम्बिनी उपाध्यक्ष डा.अबदुल रासिद खाँ अबको स्थानिय चुनाव जनता समाजवादी पार्टीको पक्षमा हुने बताउनु भएको छ । कपिलवस्तुको १० वटै पालिकाहरुमा जसपा को बलियो प्रतिन्धित्व हुने निश्चितता र पार्टी भित्र ईमानदार , जुझारु , कर्तब्यनिष्ठ नेता तथा कार्यक्रताहरुको प्रबेशले पार्टी बलियो बन्दै गएको बताईएको छ । सोही कार्यक्रम जनता सामजवादी पार्टीे बुद्धभुमि नगरपालिका वडा नम्बर १०मा नेपाली कांग्रेस , नेकपा एमाले , नेकपा मवावादी केन्द्र लगायत पार्टीबाट २ सय भन्दा बढी जसपा नेपालमा प्रबेश गरेका छन । नव प्रवेशीहरुलाई जनता सामाजवदी पार्टी केन्द्रय अनुशासन विभागका सयोजक नर सिंह चौधारी , लुम्बिनी प्रदेशका संसदीय दलका नेता तथा लुम्बिनी प्रदेशका भौतिक पुर्वधार मान्त्री सहसराम यादव , मागादेवी गाउँपालिका अध्यक्ष वजरङगी प्रसाद कुर्मी , राम नेवस यादव , जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव लगायतले टिक लगाएर प्रवेश गरएका थिए । कार्यक्रम जसपा वडा अध्यक्ष सहाबुद्दीन मुस्लमानको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन शिवालाल यादव र त्रिभुवान कुर्मीको स्वागत मन्तव्यमा भएको थियो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group