नेकपा एमालेलाइ अर्को ठूलो झटका नगर इन्चार्ज जैसवाल जसपा प्रवेश

कपिलवस्तु जागरणः

कपिलवस्तु नेकपा एमालेको प्रभावशाली नेता शिव प्रसाद जैसवाल, जसपामा प्रवेश गरेका छन ।

आइतबार साँझा एक कार्यक्रमका बीच जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, भाैतिक पूर्वाधार विकास मन्त्री सहसराम यादव, नेता शिवपुजन यादव , नेत्री सुमन शर्मा लगाएत संयुक्त जसपाको नेताहरुको टोलीले टिका लगाई प्रवेश गएकाे छ ।

जैसवाल नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य तथा कृष्णनगर इन्चार्ज समेत रहेका थिए । एमालेबाट मेयर पदको आकांक्षी जैससवाल टिकट नपाउने निश्चित भएपछिआफू सहित युवा नेता शाहा नवाब लगाएत सयौं नेता तथा कार्यकर्तासंगै जसपा पार्टीमा प्रवेश गरेको बताइएको छ । शिव प्रसाद जैसवाल नेकपा एमाले परित्याग गरेकाले कृष्णनगरमा एमालेलाई ठूलो झटका लागेको स्थानीय नेताहरूको आकलन रहेको छ l

जैसवाल आफनो क्षेत्रमा असल,ईमानदार,स्वच्छ छबी, र सरल भएको लोकप्रिय नेताको रुपमा चिनिन्छन् । विगतका बर्षदेखि कृष्णानगर क्षेत्रमा शाह बंशीय बर्चस्व रहदै आएकोमा जैसवाल कृष्णानगरको मेयर पदको एक बलिया उमेदवारको रूपमा अनुमान गरिन्छ । क्षेत्र नं. ३ मा रहेको ३ वटै स्थानिय तहमा जसपाको उमेदवार बलियो रहेको अनुमान गरिन थालेका छन । अहिलेकोअवस्थामा बिजयनगर, शिवराज र कृष्णानगरमा जसपाको जित हुने प्रवल सम्भावना रहेको कुरा जसपाका अध्यक्ष शैलेन्द्र यादवले जानकारी गराउनु भयो । चुनाव नजिकिदै गएसँगै जसपामा प्रबेशको लहर बढदै गएको र अहिले कपिलवस्तुमा जसपा सवभन्दा ठूलो पार्टी हुने जसपाका नेताहरू बताउदै आएका छन ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group