कांग्रेस विजयनगर गाउँपालिका सभापति यादव जसपामा प्रवेश

May be an image of 6 people and people standing

कपिलवस्तु जागरण ।।

कपिलवस्तुको विजयनगर गाउँपालिका नेपाली कांग्रेस सभापति जानकी प्रसाद यादवले पार्टी छाडेर जसपामा प्रबेश गरेका छन् । १४ औं महाधिवेशनमा गाउँपालिका सभापतिमा चुनाव मार्फत निर्वाचित भएका सभापति यादव स्थानीय तह निर्वाचनको मुखैमा नेपाली कांग्रेस परित्याग गरि जसपामा प्रबेश गरेका हुन । यादव शुक्रबार पार्टी परित्याग गरे संगै जनता समाजवादी पार्टी नेपालमा औचापरिक रुपमा प्रवेश गरेका छन् । उनलाइ जसपाका संङ्घिय परिषद सदस्य रामनेवास यादव र जसपा जिल्ला अध्यक्ष शैलेन्द्र यादवले टीकालाइ पार्टीमा प्रबेश गराएका थिए ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा यादव गाउँपलिका अध्यक्षमा उम्मेद्वारीको लागि टिकट माग गरेका थिए । उनको नाम जिल्लामा सिफारिस भएको थियो । तर, पार्टीबाट टिकट पाउने आश नदेखेपछि उनले जसपा, नेपाल रोजेका हुन् ।

वियजनगर गाउँपालिका यादव त्यस क्षेत्रका प्रभावशाली व्यक्ति हुन् । ०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेद्वार बनेका यादव झिनो मन्तान्तरले एमालेका उम्मेद्वार गोपाल बहादुर थापासंग पराजित भएका थिए । तर अहिले सवै कुरा मिल्यो भने गाउँपालिकाको अध्यक्ष जित्न सजिले हुने बताइएको छ । यादव नेपाली कांग्रेस सांसद अभिषेक प्रताप शाहका निकट नेता मानिन्छन । संसदीय निर्वाचनमा पनि ठूलो असर पर्ने त्यस क्षेत्रका राजनीतिक जानकारहरू बताउने गरेका छन ।

विगत केही दिनदेखि एमाले र नेपाली कांग्रेस त्यागेर जसपामा प्रबेश गर्ने नेताको संख्या बढदै गएको छ । कपिलवस्तुमा जसपाको चुनावी महाैल बन्दै गएको र यसपालि जसपाको स्थान कपिलवस्तुमा पहिलो हुने जसपाका नेता द्वय शैलेन्द्र र रामनेवासको दावी रहेको छ ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group