कपिलवस्तु जागरण
सविता गुप्ता , फागुन १६ , कपिलवस्तु ।। Moodle App को वारेमा एक दिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । कपिलपस्तु जिल्लाको मायादेवी गाउँपालिका भित्र सनशाईन सामाजिक विकास संस्था र यूनइटेड मिसन टू नेपाल (UMN )को सझेदारीमा संचलित परिवर्तनका लागि बालवालिक तथा युवा सामुदाय परियोजन (CYCC ) बाट तौलिहवाको होटल तिलौराकोटमा एप. को वारेमा अभिमुखीकरण कार्यक्रम भएको हो । सुचना तथा संचार प्रविधि विज्ञ पदम राज पन्त ले Moodle App को वारेमा प्रशिक्षण गर्नुभएको थियो । विद्यार्थीहरुका लागि पाठयक्रममा अधारित र यसले विद्यार्थीहरुको पाढईमा सहजत प्रदान गरिने App निर्माण भएको विज्ञ पन्तले बताउनु भएको छ । कोभिड १९ कोरोना भाइरासले गर्दा विद्यालय बन्दा भएर विद्यार्थीहरु शिक्षा बाट बन्चित भएकोले पहुँच र गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्यले Moodle App निर्माण गरिएको यू.एम.एन.का शिक्षा टिम लिडर प्रेम सिंहले जनकारी दिनु भएको छ । App मायादेवी गाउँपालिका भित्र संचालित (CYCC ) परियोजन अन्र्तगतका विद्यायलहरुमा संचलन हुने सिंहले जनकारी दिनुभयो । पालिका भित्र Moodle App संचालन गर्नको लागि लाग्ने भौतिक पुर्वधार लगायत व्यवस्थपकिय पक्षमा सम्पुर्ण किसिमको सहयोग गर्ने मायादेवी गाउँपालिकाका पालिका अध्यक्ष बजरगीं प्रसाद कुर्मीले प्रतिबद्धात व्यक्तगर्नु भएको छ । प्रविधिक शिक्षा आजको अवश्यकत रहेकोले हामी Moodle App विद्यालयमा लागु गरेर अगाडी बढानुको बिकल्प नरहेको छात्रपालि तिर्थादेवी म.वि.का प्रधानध्यापक नरेन्द्र बहदुर कुर्मी बताउनुभएको छ । App विद्यालयमा लागु गर्ने कुर्मीले प्रतिबाद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा जिगिनिहवा विद्यलायका प्र.अ रामनन्द कोरी , मायादेवी गाउँपालिका वडा नम्बर ८ वडा अध्यक्ष कृष्ण नरयन तिवारी , सनशाईन समाजिक विकास संस्थाका अध्यक्ष शिवलाल यादव लगायतले आ–आफ्नो कुरा राखेका थिए । कार्यक्रम सनशाईन सामाजिक विकास संस्थाका अध्यक्ष शिवलाल यादवको अध्यक्षता , मायादेवी गाउँपालिका पालिक अध्यक्ष बजरगीं प्रसाद कुर्मीको प्रमुख अतिथता र प्रमुख प्रशसकिय अधिकृत परमेश्वर यादवको विशिष्ट अतिथिमा भएको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख अमिन कुमार कुर्मी , पालिक भित्रका ८ ओटै वडाका वडा अध्यक्षहरु , विद्यालयका प्रधानध्यापक , विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि , सनशाईन सामाजिक विकास संस्थाका कार्यकारी निर्देशक कृष्ण कुमार श्रेष्ठ , पुर्व अध्यक्ष रामसेवक यादव लगायतको अतिथिमा कार्यक्रम भएको थियो । कार्यक्रम (CYCC ) का कार्यक्रम सयोजक दिक्षा तिवारी , (CYCC ) परियोजनका सम्पुर्ण कार्मचारीहरुको सहभागित रहेको थियो । कार्यक्रमको संचलन सनशाईन सामाजिक विकास संस्थाद्धारा संचलित (CYCC ) परियोजनका शिक्षा अधिकृत गोविन्द धवलले गर्नुभएको थियो ।