संघीय सांसद वृजेश कुमार गुप्ता औपचारीक रूपमै एमाले प्रवेश ।।

May be an image of 8 people and people standing

कपिलवस्तु जागरण

चैत्र १४, आज कपिलवस्तु २ नं. प्रदेशका संघीय सांसद बृजेश कुमार गुप्त आफना समर्थक सहित नेकपा एमालेमा प्रबेश गरेका छन । एमाले कपिलवस्तुले आयोजित पार्टी प्रवेश तथा वृहत जनसभामा बोल्दै एमालेले जिते मात्र राष्ट्र समृद्ध भई शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकासले मुलुकमा परिवर्तन आउने बताउनु भयो । एमालेले देशलाई डिजिटल आधुनिक नेपाल निर्माण गर्ने दाबी गर्नुभयो ।सम्बोधनका क्रममा अध्यक्ष ओलीले सत्तारुढ दल प्रति लक्षित गर्दै बैसाखी टेकेर एमाले सँग लड्न नसकिने बताउनु भयो । बलियो दल भएर पनि बैसाखी टेकेर लड्न खोजेको भन्दै गठबन्धन बैसाखी टेकेर होइन सवै मिलेपनि एमालेले जितने दाबि गर्नुभयो ।उहाँले धेरै समय आफ्नो कार्यकालमा भएका विकास निर्माणको कामको विषयमा चर्चा गर्नु भएको थियो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा देशमा विकासको लहर चलेको बताउनु भयो । हुलाकी राजमार्ग, सीमा जोड्ने सडक, पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य, भैरहवा अन्तराष्ट्रिय विमानस्थल, पोखरा विमान स्थल, देशमा तुईन विस्थापन जस्ता देश विकासको योजना आफ्नो पालामा भएको दाबी गर्नुभयो ।

उहाँले कपिलवस्तुमा उद्योग, पयर्टन, कृषिको क्षेत्रमा प्रयाप्त संभावना भएको जिल्ला भएको बताउनु भयो । जिल्लाको विकासको लागि औद्योगिक शहर, सिचाई तथा खानेपानी योजना सम्पन्न हुनु पर्ने बताउनु भयो । उहाँले प्रत्येक व्यक्तिका हातमा दुई विरुवा रोपेर हरियाली वातावरण जोगाउने अभियानमा लाग्नु पर्ने बताउनु भयो । वातावरण जोगाउँदै र हरीयाली र स्वच्छ समाज वनाउँदै तौलिहवा र कृष्णनगरलाई ग्रिनसिटी वनाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले विगतमा कपिलवस्तुमा भएका जातीय हिंसा भड्काउ हुने खालका जस्ता गतिविधी नगर्न आग्रह गर्दै सवै जातजाती धर्म र समुदाय एकता, शान्ति र मित्रताका साथ अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले धार्मिक सदभाव् र सहिष्णुताले नै समाज अघि बढ्ने बताउदै आपसमा झैझगडा र कलह नगर्न आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्न आउनु भएका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेलले एमालेको खवरदारी कै कारण स्थानीय तहको निर्वाचन भएको बताउनु भयो । उपाध्यक्ष पौडेलले स्थानीय निर्वाचनमा एमालेलाई हराउन कसै सँग तागत नभएको दाबी गर्नु भयो । एमाले महासचिव शंकर पोख्रेलले सभाको सम्बोधन गर्दै आगामी दशकहरुमा केपी ओलीको परिकल्पना अनुसार नेपालको विकास हुने विश्वास व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्दै एमाले सचिव टोप बहादुर रायमाझीले एमाले प्रति जनताको विश्वास बढेको बताउनु भयो । उहाँले एमालेले देशमा सम्बृद्धीको आधारशिला खडा गरेको कारण विपक्षीहरु डराएको समेत दाबी गर्नु भयो ।

एमाले प्रवेश पछि बोल्दै संघीय सांसद वृजेश कुमार गुप्ताले मधेसको विकास र मधेसीको हितमा काम गर्ने दल एमाले मात्र भएको हुँदा कार्यकर्ता सहित प्रवेश गरेको बताउनु भयो ।कपिलवस्तु नगरपालिका तौलिहवामा आयोजित वृहत् सभा तथा पार्टी प्रवेश कार्यक्रममा गुप्ताका हजारौँ समर्थक नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो ।

गुप्ता सँगै लुम्बिनी प्रदेश सभा सदस्य धर्म वहादुरलाल श्रीवात्सव, कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख रामदास गुप्ता, पूर्व उपमेयर वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका वडा नं. १ वडाध्यक्ष सुदिप पौडेल, वडा नं. ४ वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नं. १२ का वडाध्यक्ष ओम प्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका वडा नं. ६ वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपलिका वडा नं. ८ अध्यक्ष साहवुदिन मुसलमान र खेमराज शर्मा एमाले प्रवेश गर्नुभएको छ ।

सांसद गुप्ता ७ हजार कार्यकता सहित प्रवेश गर्नु भएको एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनु भयो । यसैगरी कृष्णनगर नगरपालिकामा युवा नेता कुनाल प्रताप शाह ३ हजार कार्यकर्ता सहित एमाले प्रवेश गर्नु भएको छ । विभिन्न राजनीतिक दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, माओवादी केन्द्र राप्रपा लगाएतबाट एमाले प्रवेश गरेका थिए ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group