
कपिलवस्तु १७ फागुन । कपिलवस्तुमा ट्रयाक्टर दुर्घटना हुदाँ १८ जना घाईते भएका छन् । जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर १० चेतरादेईमा मंगलबार करिब दिउँसो ३ बजे लु ४ त ४४९२ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा एक घाईते एक जनाको अवस्था गम्भिर रहेकोले थप उपचारको लागी भैरहवा पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । बाकी सवै घाइतेकाे उपधार ताैलिहवा अस्पतालमा भइरहेकाे छ ।
तौलिहवाको तौलेश्वरनाथ मन्दिरमा लागेको मेला हेरेर घर फर्कने क्रममा ट्रयाक्टर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । अन्य घाईतेहरुलाई सामान्य चोटपटक लागेको प्रहरीको भनाई छ ।ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।