

फागुन १६, कपिलवस्तुः बुद्धभूमि नगरपालिकाकाे वडा नं. १० धनकाैलीले वडास्तरी खेलकूद सम्पन्न गरि बिजयी खेलाडीहरूलाइ मेडल तथा प्रमाणपत्रद्वारा सम्मानीत गरेकाे छ । खेलकूद यहि फागुन १३ गतेदेखि बुद्धभूमि १० काे मन्सापुरकाे खेलमैदानमा संचालन गरिएकाे थियाे । नगरस्तरी खेलकूदमा भाग लिनकाे लागि वडास्तरमा खेलकूद गरि प्रथम भएकालाइ नगरस्तरमा खेल्न सिफारी गरिएकाे छ । यस कार्यक्रममा वडा नं. १० का ६ वटा बिद्यालयका करिब ८० जना छात्रछात्राहरूले दाैड, कवाड्रडी, ज्याभलिं थ्राे, सटफुट, जम्प लागयतका एक दर्जनभन्दा खेलकुदमा भाग लिएका थिए ।
खेलकुदकाे समापन समाराेह बुद्धभूमि नगरपालिकाका क.वा. अध्यक्ष सन्दीप कुमार पण्डेयकाे अध्यक्षता र बिभिन्न राजनैतिक दलका प्रतिनीधिहरूकाे अतिथ्यतामा सम्पन्न भएकाे थियाे । कार्यक्रममा वडासदस्य त्रिभुव कुर्मी, बिद्यालयका प्रधानाध्यापक तथा अध्यक्षहरूकाे सहभागीता रहेकाे थियाे । बिजयी खेलाडीहरूलाइ अध्यक्ष एवं अतिथिहरूद्वारा मेडल एवं प्रमाणापत्र प्रदान गरि उत्साह बढाउने काम गरिएकाे थियाे । कार्यक्रममा नेपाली काग्रेसका इकाइ अध्यक्ष कृष्ण कुमार कुर्मी, कपिलवस्तु रा.मा.बि.का प्रधानाध्यापक परशुराम यादवले सुभकामना एवं बधाइ सम्बाेधन गर्नुभएकाे थियाे ।
कार्यक्रमकाे समापन गर्दै कार्यक्रमका अध्यक्ष एवं बुद्धभूमि ना.पा. वडा नं. १० का अध्यक्ष पाण्डेयले खेलकुदमा लाग्ने खर्चकाे समान्य जानकारी गराउदै सम्पूर्ण बिजयी खेलाडीहरूलाइ बधाइ तथा सहयाेगीहरूलाइ धन्यवाद दिनुभएकाे थियाे । बिभिन्न समस्याका बाबजुद पनि खेलकुद सफल रहेकाे र अगामी दिनमा यस्ता कार्यक्रमलाइ प्राथमिकता दिइ संचालन गर्ने प्रतिबद्धता जनाउदै कार्यक्रमकाे समापना गरिएकाे थियाे ।
खेलकूदमा अधिकांश खेलाडी कपिलवस्तु रा.मा.बि. चेतरादेइकाे रहेकाे र उनीहरू यहि १८ गतेदेखि संचालन हुने नगरस्तरी खेलकुदमा भाग लिन उत्साह दिदै सम्पूर्ण खेलाडीहरूलाइ बिजयकाे शुभकामना दिनुभएकाे थियाे ।