कपिलवस्तु जागरण
कपिलवस्तुः स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा जनता समाजबादी पार्टीमा युवा, बुद्धिजीबि एवं समाजसेवीहरूको आकर्षण बढदै गएको छ । यतिबेल बुद्धभूमि नगरपालिकामा समाजसेवी शिवलाल यादव र कपिलवस्तु नगरपालिकामा समाजसेवी बुद्धिजीबि राम अचल यादव राजनीतिमा चर्चाको केन्द्रबिन्दुमा रहेका छन । राजनीति फाेहरी खेलभन्दै पंन्छिने गरेका युवाहरू राजनीतिबाटै समाज परिवर्तन हुने कुरामा दृढ देखिन्छन । बुद्धभूमि वडा नं. १० का कार्यवाहक अध्यक्ष संदीप कुमार पाण्डेय, कपिलवस्तु नगरपालिका सुखरामपुरका युवा नेता इरफान खान, बरिष्ठ पत्रकार रमेश मिश्र लगायत जसपाबाट अगामी निर्वाचनमा प्रतिस्प्रधा गर्ने लगभग निश्चत भएकाे छ । कलाकार श्याम कुमार मिश्र कृष्णानगरको मेयरपदमा लडन तयार देखिन्छन । जसपाले जिल्ला तथा प्रदेश अध्यक्षमा युवा नेतालाइ जिम्मेवारी दिएसँगै युवाहरूको आकर्षण बढेको देखिन्छ । एमाले र कांग्रेसमा बिसाैं बर्षदेखि काम गर्दा पनि युवाहरू अगुवाइ गर्ने माैका नपाएकाे तर जसपामा युवाहरू प्राथमिकता राखेले युवाहरूको आकर्षण बढेको कुरा जिल्ला अध्यक्ष शैलेन्द्र यादवले बताएका छन ।
जसपाको लाइनमा काम गर्दै आइरहेका बुद्धिजीबि राम अचल यादव ( स्वामी जी ) गएको १३ गते जसपामा प्रबेश गरि नियमित काम गर्न उद्घाेष गरेसँगै निजको चर्चा बढेको छ । स्थानिय तहमा बढदै गएको मनाेमानी, भ्रष्टाचार र काम गर्ने शैलीमा नागरिकहरूको व्यापक आसंतुष्टि रहदै आएको समयमा राजनीतिमा यि युवाहरूको प्रबेशले चर्चा पाएको देखिन्छ । देशमा साधनस्राेतको कमि नभएकाे तर व्यवस्थापनमा व्यापक कमि कमजोरी रहेको अवस्थामा पढेलेखेका युवाहरू काम गर्ने शैलीमा मात्र परिवर्तन गर्नसके विकास गर्न कठिन नहुने समाजसेवी राम अचल यादवले बताएका छन । गालीगलाैज, हिंसाको राजनीति आफूलाइ पसन्द नरहेकोले सबैको भावना जितेर नगरको बिकास गर्न सकिनेमा आफू ढुक्क रहेको बताउनु भयो । शिक्षाको क्षेत्रमा लामो अनुभव रहेको यादव शिक्षालाइ समाज विकासको मेरूदण्ड मानेर काम गर्ने र समाजलाइ देखिने गरि परिवर्तनको लागि काम गर्ने बताउनु भएको छ । जात र धर्मको राजनीतिभन्दा जसपा फरक रहेकाे र जसपाले समाज परिवर्तनको लागि राेजेको बाटो सहि रहेकोले जसपबाट राजनीतिकाे शुरूवात गरेकाे बताउनु भयो । किपलवस्तु जिल्ला अस्पतालका अध्यक्ष एवं सनसाइन समाजिक विकास संस्थाका अध्यक्ष शिवलाल यादव पनि नगरमा शिक्षाको विकाससँगै काम गर्ने सिस्टममा परिवर्तनको लागि नगरमा प्रतिस्प्रधा गर्न लागिएको बताउनु भयो । त्यसैगरि वडाध्यक्ष पदमा थुप्रै युवाको दाबेदारी रहेको र आउने दिनमा युवाहरूलाइ प्राथमिकतामा राखि टिकट बितरण गर्ने जानकारी जिल्ला अध्यक्ष शैलेन्द्र यादवले बताउदै आएका छन ।