उच्च शिक्षा हासिल गर्ने छात्राहरूलाई बुद्धभुमि वडा नं.१० ले गर्यो शैक्षिक समाग्री वितरण ।।

No description available.

सविता गुप्ता ,चैत १३ ,

कपिलवस्तु ।। बुद्धभुमि नगरपालिका वडा नम्बर १० भित्र उच्च शिक्षा पढीरहेका २५ जना छात्राहरुलाई शैशिक सामाग्री वितरण गरिएको छ ।

बुद्धभुमि नगरपालिका वडा नम्बर १० को कार्यालय धनकौलीमा एक कार्यक्रमको बिच उच्च शिक्षा हासिल गर्ने छात्राहरुलाइ बितरण गरिएको छ । वडा भित्र रहेका दलित , विपन्न , जेहेन्दार २५ जनालाई झोल , कापी , कलम लगायत सामाग्री वितारण गरिएको बुद्धभुमि नगरापलिका वडा नम्बर १० का वडा अध्यक्ष सन्दीप कुमार पाण्डेयले बताउनु भएको छ ।

उच्च शिक्षा हासिल गर्नेमा केही मद्दत पुग्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको वडा अध्यक्ष पाण्डेयले बताउनु भयो । समुदाय विकासको लागि भौतिक पुर्वधार विकास गरेर मात्रै हुदैन त्यसकोलागि शिक्षा एउटा मात्र उपाय भएकोले शिक्षामा वडा नम्बर १० ले विशेष जोड दिएकोे उहाँले बताउनुभयो । कार्यक्रम वडा अध्यक्ष सन्दीप कुमार पाण्डेय अध्यक्षता र वडा सचिव जित बहादुर यादवको स्वाग्त मन्तव्यमा भएको थियो । कार्यक्रमको संचालन कृषि प्रविधिक प्रतिक्षा भुसालले गरेका थिइन । कार्यक्रममा बुद्धभुमि नगरपालिका वडा नम्बर १० भित्र रहेका २५ जनाा उच्च शिक्षा हासिल गर्ने छात्राहरुको सहभागित रहेको थियो । यस किसिमको कार्यक्रमबाट हामी जस्ता उच्चशिक्षा लिइरहेका छात्राहरूको उच्च मनाेबल हुने र थप अध्ययन गर्न प्रोत्साहन मिल्ने कुरा एक सहभागी माया भरले बताएकी छन । यस किसिमको रचनात्मक कार्यको अगामी दिनमा पनि कायम रहोस भन्दै वडालाइ धन्यवाद दिएका छन ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group