
कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष तथा पुर्व उपप्रधानमन्धी उपेन्द्र यादवले काग्रेस, कम्युनिष्टबाट देश विकास हुन नसक्ने बताउनु भएको छ । अवको बिकल्प जसपा मात्र रहेको दावी गर्नु भयो ।
काग्रेस, कम्युनिष्टका कारणले देश झन समस्यामा जेलिएकोले अबको विकल्प जसपा नेपाल रहेको केन्द्रिय अध्यक्ष यादवले बताउनुभयो । काग्रेस, कम्युनिष्टले देशलाई अनिर्यणको बन्दी बनाउने काम गरेको आरोप लगाउनु भयो ।
जसपा नेपालको समाजबादी अभियान निरन्तर जारी रहेको र समाजबाद हाम्रो मिसन रहेको कहि कतै बिचलन नहुन नेता तथा कार्यकर्तालाइ अव्हान गर्नुभयो ।
कपिलवस्तुको कृष्णनगरमा आयोजित बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा कृष्णनगरका प्रभावशाली नेता श्याम कुमार मिश्रालाई पार्टी प्रवेश गराउदै अबको निर्वाचनमा कार्यकर्तालाई होमिन आग्रह समेत गर्नुभयो ।
स्थानिय तहको निर्वाचनमा पुरै शक्ति प्रयाेग गर्नको लागि कार्यकर्तालाई अनुरोध गर्नु भएको छ । देश विकासका लागि आगामी स्थानिय तहको निर्वाचनमा जसपा नेपाललाई मतदान गर्न सम्पूर्ण जनसमुदायले अध्यक्ष यादवले अह्वान गर्नुभयो ।

आमसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सार्लाहीमा भएको घटनाको निन्दा समेत गर्नुभयो । सांसद प्रमोद शाह माथि संघातिक घटनाको दोषीलाई उम्कीन नदिने अधयक्ष यादवले उदघोष गर्नुभयो ।
कार्यक्रममा जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले यस क्षेत्रको विकासको लागि जसपालाई विजयी बनाउन कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो ।
नव प्रवेशी कार्यकर्तालाई स्वागत गर्दे प्रदेश अध्यक्ष यादले अबको निर्वाचनमा कपिलवस्तुको १० स्थानिय तहमा जसपाका उम्मेदवार विजयी हुने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सहइन्चार्ज कमल खनालले जसपाले गर्दा देश विकासको बाटो खुलेको बताउनुभयो ।
कृष्णनगरका प्रभावशाली नेता श्याम कुमार मिश्राले काग्रेस, कम्युनिष्टबाट देश विकास हुन सक्दैन भन्दै जसपा नेपाल रोजेको बताउनुभयो । जसपाको निति सिद्धान्त राम्रो भएकोले हजारौ कार्यकर्ता सहित प्रवेश गरेको बताउनु भयो ।
सो कार्यक्रममा जसपा नेपाल केन्द्रिय अनुशासन विभाग प्रमुख नरसिंह चौधरी, केद्रिय सल्लाहकार प्रमुख तथा केन्द्रिय सदस्य कृष्ण हरि शर्मा, जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, जसपा नेपाल जिल्ला अध्यक्ष शैलेन्द्र यादव लगायतले सम्बोधन गर्नुभएको थियो । कपिलवस्तुको कृष्णा नगरमा सहभागी कार्यक्रममा पाँच हजारभन्दा बढीको जान सहभागीता रहेको अयोजकहरूले जानकारी दिएका छन ।