
परशुराम यादव
अहिले नेपालको खासगरि मधेशमा भारतको उत्तर प्रदेशको निवार्चन चर्चाको बिषय बनेको छ । चियापान देखि मदिरा पसलसम्म बहसको बिषय बनेको छ । खासगरि एकपक्षले अर्को पक्षलाइ जात र धर्मको राजनीति गरेको आरोप लगाउने गरेका छन । यहाँसम्म कि यसलाइ मानिसहरू जात र धर्मको लडाइका रूपमा पनि अर्थ्याउने गरिएको थियो । कडा प्रतिस्पर्धामा रहेको सामाजबादीलाइ यादव मुस्लिम र बसपालाइ दलितसँग जोडेर जातीबादी पार्टी र भाजपालाइ धार्मीक पार्टीको लेप लगाइने गरिएको छ । ती पार्टीका अनुहार र व्यवहार हेर्दा केहिहदसम्म शंका गर्ने ठाउँ पनि छन् । कठिन संघ्रर्सका बाबजुद पनि पाँच बर्षका लागि भगवाधारी अदित्यनाथ उत्तर प्रदेशका मुख्यमन्त्री बन्ने निश्चत भएको छ । उत्तर प्रदेशको चुनावी नतिजाबाट भगवाधारी मानसिकताका पार्टी र नेताहरू हैसिएका छन । तर जातिबादीहरू निरास भएका छैनन् किन कि जातीय मुक्तिबिन क्षेत्रीय वा बर्गीय मुक्ति सम्भव छैनभन्ने उनको बुझाइ रहेको पाइन्छ । तर दुवै बिचार धारालाइ बुझदा खासै तात्विक भिन्ता देखिदैनन् । दुवैले समाजभन्दा पनि कुनै खास धर्म वा जात वा समुदायको पक्षपाति भएको सहजै अनुमान लगाउन सकिन्छ । तर बिडम्बना नै भन्नुपर्दछ, एकले अर्कालाइ गालि गर्न छोडदैनन् । संसारका लगभग सवै पार्टीहरूले खोज्ने भनेको बहुमत नै हो । समाजमा अल्पमतमा भएकाहरू कहिले धर्मको आँडमा, कहिले क्षेत्रको आँडमा, कहिले बर्गको आँडमा बहुत खोज्ने गरेका छनभने समाजमा बहुमत भएकाहरू जातको आँडमा ।
यादव मुस्लिम र दलित समुदाय उत्तर प्रदेश वा मधेशमा बहुसंख्यामा छन् त्यसकारण उनीहरू जातको सहारा लिने गरेको पाइन्छ । तर बहुन, क्षेत्री, कायस्थ, बनिया अल्पसंख्यामा छन त्यहीभएर उनीहरू धर्मको सहारा लिनु स्वभाविक छ । धर्मको नाममा आफूहरू एकजुट हुने र उनीहरूलाइ बिभाजन गर्ने रणनीति लिए उत्तर प्रदेशमा कामयाब पनि भएका छन । उत्तर प्रदेशमा एक फेरी धर्मले जातमाथि बिजय प्राप्त गरेको छ ।
जसको पछाडि मोदी र योगीको जय श्रीरामको गणित राम्रै काम गरेको छ । जातभन्दा पनि धर्मको राजनीति अहिले सहज र सफल देखिएको छ । धर्मको नाममा राजनीति गर्नेलाइ लाम्बेतानको घोषणपत्र बनाउन परेन । बिगतमा गरेको कामको सुचि पनि देखाउन परेन । भक्तहरूको लागि घोषणापत्र र बिगतको कामले कुनै खास माइने राख्दैनन् । नेताको पहिरन, मेकअप, हावभाव र जय श्रीरामको अभिवाद नै काफी छन ।
दक्षिण एशियाले भोगिरहेको धार्मिक अतिबादको समस्या अठ्ठरा शताव्दीभन्दा पहिला युरोपमा पनि व्यापक थिए । पोप र पादरीहरूले राज्यलाइ निर्देशन जारी गर्ने, राज्यको नीति नियम कानुन नमान्ने, जहिले पनि राज्य र धार्मिक संस्थाबीच बिबादले नागरिकहरू दुख पाएका थिए । युरोपमा सोह्र देखि अठ्रठारा शताव्दीसम्म धर्म युद्ध चल्यो जसको परिणाम स्वरूप धर्मलाइ राज्यसँग जोडने मानसिक्ताको अन्त भएको छ । पोप पादरीहरूले राज्यमा गर्ने गरेका हस्तक्षेप बन्द भएका छन । धर्मलाइ मानिसको व्यक्तिगत जीवनसँगमात्र जोडिने गरिएको छ । तीन शताव्दिको निरन्तर संघ्रर्षपछिमात्र यूरोपेली नागरिकहरू धर्म र राज्यबीचको फरक बुझन सक्षम भएकै कारणले लोकतन्त्र विक्सित हुने अवसर पाएको छ । धर्म र राजनीतिक चेतनाको सवालमा युरोपभन्दा दक्षिण एशिया तीन समय बर्ष पछाडि देखियो । उनीहरूले तीन सय बर्ष पहिला बुझेको कुरा बुझन दक्षिण एशिया खासगरि नेपाल र भारतका नागरिकहरू असफल प्रयास गर्दैछन । नेपाल र भारतमा जातीय बिभेदका कारणले हिन्दु धर्ममा व्यापक बहस चलेका छन । खासगरि भारतको उत्तर प्रदेश, बिहार र झारखण्डमा हिन्दु धर्मबाट बिद्रोह गरि बुद्ध धर्म अपनाउदै भिमराव अम्बेडकरका अनुयायी भन्न रूचाउने एउटा ठूल जमात छ । जसले हिन्दू धर्मसँग युद्ध नै गरेको छ । धर्मभित्र भए गरेका कमि कमजोरीहरूमाथि व्यापक प्रश्न उठाउदै जनजागरणमा होमिका छन । फलस्वरूप इस्लाम खतरामा छ भने झै हिन्दू मठाधीस र हिन्दूबादी राजनीतिक दलहरूले पनि हिन्दूधर्म खतरामा छ भन्दै भवना भण्डकाउने र राजनीतिक फाइदा लिने गरेका छन ।
नेपालमा बिकासको मोडेल रेप्लिकेट गरेझै नेताहरूले चुनाबी राणनीति पनि रेप्लिकेट गरिरहेका छन । बिगतको निर्वाचनमा मधेशमा अन्दोलन थियो । भारतसँग् केही दिन नाका अवरोध पनि थियो जसको कारणले पहाडका नागरिकहरूले समस्या झेले त्यसलार्इ एमाले अध्यक्ष खडक प्रसादले मधेशीलार्इ गाली गरेर क्यास गरे । जतिजति मधेश र मधेशीलाइ अपमान गरे त्यति त्यति नै पडाहमा जनमत बढाए । देश खण्डति हुन लागेको भ्रम फैलाए र डुव्न लागेको देश खडकप्रसादले मात्र बचाउन सक्छन भन्ने पहाडी समुदायलार्इ लाग्यो । भएभरका भोट एमालेलार्इ प्राप्त भयो कांग्रेस डुलमुले उदारबाद छायाँमा पर्यो । अहिले देश स्थानीय चुनावको मुखमा छ । जतिजति निर्वाचनको दिन नजिकदै जान्छ त्यतित्यति शरगर्मी बढदैन् । हललाइ टिकट सुनिश्त गर्न नेताहरू आफना पर्टीसँगै रंग फेर्दैछन । बिहान मठ मन्दिर, मस्जिद र साझाँ पार्टीको शक्ति पिठमा धाउदै छन । आफनै कारणले लगभग दुइतिहाइ बहुमत गुमाइ खडकप्रसाद सडकमा छन । प्रचण्ड र माधव नेपालबिन नै दुइतिहाइको लालसा बोकेर चुनावमा होमिएका छन । उनी साढेतीन बर्षमा देखाउन लायक काम केही गर्न नसकेपछि पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले शुरूवात गरेको समाजिक सुरक्षा भत्ता, लिपुलेक र लिम्पियाधुर समेटेको चुच्चे नक्शा राम जन्मभूमिको खोज अनुसन्धानका मनगढन्त रामायणलाइ चुनावी घोषणपत्र बनाएर हिडेका छन । नेपालको राजनीतिमा उनीमात्र त्यस्तो व्यक्ति होइनन् जसले धर्म र जातको आँडमा राजनीति गरेका छन । मात्रा कम वा बढी हुन सक्छन तर सबैमा छन । लोकतन्त्रको अगुवा नेपाली कांग्रेसका शक्तिशाली नेताहरू हिन्दू राज्यको पक्षमा सार्वजनीक बहास गरेको सुनिन्छ । कम्युनिष्ट नेताहरूले गणतन्त्र घोषणा गरेर कताकता हल्ति भएको अभिव्यक्ति दिएको सुनिन्छ । अव्वल पत्रकारको छबी बनाइ राजनीतिमा होमिएका बिबेकशिल साझा पार्टीका रवीन्द्र मिश्र सार्वजनीक रूपमा राजतन्त्र र हिन्दू धर्मको बकाल गर्न थालेका छन । जनता समाजबादी पार्टीका नेता उपेन्द्र यादवलाइ जातिय राजनीतिको आरोप लगाइदै छ । लोकतन्त्रीक जनता समाजबादीका नेता एवं कार्यकर्ताहरू प्रष्ट रूपमै हिन्दुत्वको प्रचारक भएर हिडेको देखिन्छ । वर्तमान परिप्रेक्ष्यमा जनता समाजबादी पार्टीका संघिय परिषद अध्यक्ष एकमात्र नेपालका नेता हुन जसले गाली र तालीको परवाह नगरिकन सत्यलाइ सत्य र असत्यलाइ असत्य भन्ने सहस देखाएका छन । त्यहि भएरै होल, नेपालमा उनी सवभन्दा बढी गाली खाने नेतामा गनिनछन । उत्तर प्रदेश र बिहारको राजनीतिले नेपालको निर्वाचनमा प्रत्यक्ष प्रभाव परेको हुन्छ । भारतमा भारतीय जनता पार्टी सरकारमा आएदेखि खास गरि नरेन्द्र मोदीको उदाय पश्चात नेपाल हिन्दू धर्मको अतिबादको चपेटामा पर्दै गएको छ । जसको जिम्मेवारी नेतागणले ढिलोचाडोँ लिनै पर्दछ ।