शैक्षिक सुधारको लागि शिक्षामा सत्य निष्ठता तालिम सम्पन्न

May be an image of text that says '"Teachers are the brain of the Nation" Training on Integrity in Education Date: 23 to 25 Feb 2022 Venu: Hotel Gautam Buddha, Taulihawa, Kapilvastu Supported by Yashodhara Rural Municipality Kapilvastu Organized by SDO OPPOA12 A12 2022/02/23 08:52 Sunshine Social Development Organization, Kapilvastu'

रामसेवक यादव, कपिलवस्तु जागरण

विद्यालयको शैक्षिक गुणस्तरलाई प्रभावकारी तथा सुधारात्मकतिर लैजानको लागि शिक्षक तथा विद्यालय व्यवस्थापन समितिभित्र सत्यनिष्ठाको आवश्यकता अपरिहार्य हुने भन्ने मूल विषयमा आधारित यशोधरा गाउँपालिकामा पहिलो पटक फरक विषयमा ‘शिक्षामा सत्यनिष्ठता’ विषेयक तीन दिने तालिम सम्पन्न भएको छ । शिक्षकबाट हुने शिक्षण सिकाइ क्रियाकलापलाई उद्देश्यमूलक बनाउन तथा विद्यालयमा वर्तमान अवस्थामा सत्यनिष्ठासहित पठनपाठन , समयको सदुपयोग , उत्तरदायित्व बहन र नीतिभन्दा पनि माथि उठेर शिक्षण सिकाइमा गुणस्तरीयता ल्याउन प्रोत्साहित गर्ने ध्येयका साथ तालिमको आयोजना गरिएको वताइएको छ । विद्यालयमा अध्यापनरत कक्षा १ देखि ३ सम्मका एक एक जना शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको विद्यालयप्रतिको सकारात्मक सोचाइप्रति प्रोत्साहित गर्ने , विद्यालयको वर्तमान अवस्थाको विश्लेषण , समस्याहरुको पहिचान तथा समाधानको उपायबारे सामूहिक छलफल गर्दै सामुदायिक विद्यालयहरुको सिकाइ उपलब्धी प्रभावकारी बनाउने विषयमा शिक्षक ,तथा विद्यालय व्यवस्थापन समितिको भूमिकाको बारेमा सैद्धान्ति तथा व्यवहारिक पक्षको बारेमा प्रशिक्षकहरु गोविन्द धवल , शिवलाल यादव , नवराज जोसीद्वारा प्रशिक्षण गरिएको थियो ।

May be an image of 10 people, people standing and indoor


विद्यालयमा शुसाशन कायम गरी , विद्यार्थीको चौतर्फी विकास गर्न तथा आइपर्ने समस्याहरुको समाधान गर्नका लागि शिक्षक तथ विद्यालय व्यवस्थापन समितिले के कस्तो र कसरी भूमिका निर्वाह गर्न सक्छन् ? शिक्षकको नैतिकता तथा उत्तरदायित्व के हुने ? पेसाप्रति कसरी इमानदार बन्ने र अरुलाई बनाउन प्रोत्साहित गर्ने ? आत्ममूल्याङ्क गरी आफूले आफैलाई कसरी परिवर्तन गर्ने ? नेतृत्व क्षमता तथा वृत्ति विकासमा सत्यनिष्ठाको प्रभाव के हुन सक्छ ? जस्ता विषयमा ‘शिक्षामा सत्यनिष्ठाता’ विषेयक तालिम केन्द्रित रहेको थियो । साथै तालिममा सहभागीहरुले ‘शिक्षामा सत्यनिष्ठाता’ कार्यक्रम कार्यन्वयनको लागि अन्तिम सत्रमा कार्ययोजना समेत निर्माण गरेका थिए । सोही कार्ययोजनाको आधारमा अगामि दिनमा शैक्षिक सुधार गर्दै जाने र सोही आधारमा नै मूल्याङ्कन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
सनशाईन सामाजिक विकास संस्थाको आयोजना तथा यशोधरा गाउँपालिकाको आर्थिक सहयोग र समन्वयमा तालिमको आयोजना गरिएको थियो । तालिममा यशोधरा गाउँपालिकाभित्रका १३ जना शिक्षक तथा १२ जना विद्यालय व्यवस्थापन समितिका पदाधिकारी गरी २५ जनाको सहभागिता रहेको थियो ।
तालिमको समापन समारोहमा बोल्ने अतिथि वक्ताहरुले शिक्षकले चाहेको खण्डमा न्युनतम पूर्वाधार तथा प्रतिकूल परिस्थितिमा पनि गुणस्तरीय शिक्षा दिन सक्ने धारणा व्यक्त गरेका थिए । गुणस्तरीय शिक्षाको लागि ‘शिक्षामा सत्यनिष्ठता’ शब्द नै आफैमापूर्ण रहेको र यसको प्रयोगले समुदायमा शैक्षिक समृद्धिको लागि काफी हुने कुरा गाउँपालिका अध्यक्ष गिरिजेश कुमार पाण्डेयले वताएका थिए । वर्तमान अवस्थामा अन्य पूर्वाधारको भन्दा ‘शिक्षामा सत्यनिष्ठता’ को महत्वमाथि जोड दिइएको थियो । तालिम सनशाईन सामाजिक विकास संस्थाका अध्यक्ष शिवलाल यादवको अध्यक्षता तथा यशोधरा गाउँपालिका अध्यक्ष गिरिजेश कुमार पाण्डेयको प्रमुख अतिथ्यतामा सम्पन्न तालिम समापन समारोहको संचालन गोविन्द धवलले गरेका थिए ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group