शत्रुघन खरविन्द , माघ १९ , कपिलवस्तु ।।
कपिलवस्तु जिल्लाको कपिलवस्तु अस्पताल तौलिहवाको व्यवस्थापन कार्यको लागि प्रदेश सरकार लम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्री सहसराम यादवको पहलमा १ करोड २५ लाख बजेट विनियोजन भएको छ ।
कपिलवस्तु अस्पतालको व्यवस्थापकीय पक्षको सुधार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनको लागि उक्त्त बजेट विनियोजन गरिएको पूर्वाधार मन्त्री यादवले जानकारी दिएका छन् । कपिलवस्तु अस्पतालमा समय समयमा विरामीहरुको अत्याधिक चापका कारण नियमित रुपमा सेवा दिन भइरहेको कठिनाइलाई उक्त बजेटले न्युनिकरण गर्ने वताइएको छ । स्वास्थ्य क्षेत्रमा पछाडि पारिएको जिल्लाको दक्षिणी क्षेत्रका जनताको लागि औषधी उपचार गराउने एक मात्र अस्पताल कपिलवस्तु अस्पताल रहेकोले यहाँ दिनहु स्वास्थ्य सेवा लिने मानिहरुको चाप रहको हुन्छ ।
भवन निर्माण भएपछि ईलाका प्रहरी कार्यालय पकडीलाई सुरक्षाको सेवा दिन सजिलो हुने अपेक्ष गरिएको छ । त्यसै गरी उनकै पहलमा विद्यालयको पूर्वाधार निर्माण कार्यको लागि चर्तुभुजी माध्यमिक विद्यालय बनकसिहाको लागि. ४ कोठे भवनको लागि ४० लाख, सतकुमारी शेरचन माध्यमिक विद्यालयको २ कोठे भवनको लागि २० लाख तथा कपिलवस्तु राष्टिय माधयमिक विद्यालयको भवन निर्माण कार्यको लागि २० लाख रुपैया प्रदेश सरकारबाट विनियोजन भएको छ ।