कपिलवस्तु जागरण
फागुन ४ः आज एक कार्याक्रमका बीच कपिलवस्तुकाे ताैलिहवामा यातायात व्यवस्था सेवा कार्यालयकाे समुदघाटन सम्पन्न भएकाे छ । सेवा कार्यालय कपिलवस्तु नगरपालिकाकाे पुरानो गेष्ट हाउसमा लुम्बिनी प्रदेशका भौतिक पुर्बाधार विकास मन्त्री सहसराम यादव र श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगामगरले संयुक्त रुपमा गर्नु भएको हो ।
यस कार्यालयकाे स्थापन पश्चात कपिलवस्तु तथा अर्घाखाँचीका जानताहरूले प्रत्यक्ष रूपमा फाइदा पाउने छन । सेवा कार्यालय नहुदाँ यहाँका जनताहरूले सवारी साधनकाे कर बुझाउन बुटवल भैइरहवा जानुपर्ने बाध्यता रहेकाे थियाे । समयमा बुझाउन नसकेकाेले नागरीकहरू करभन्दा पनि जरीवाना तिर्नुपर्ने अवस्था रहेकाे कुरा स्थानिय बासीहरूले बताएका छन । कार्यालय स्थापनासँगै जानताकाे पैसा र समय दुवै बचत हुने भएकाे छ । यस कार्यवाट कपिलवस्तुका नागरीक खुसीले दगं भएका छन ।
हाल यस कार्यालयबाट सवारी साधनकाे नबिकरणमात्र हुने भए पनि केही दिनपछि लाइसेन्सकाे नबिकरण, खरिद बिक्रीकाे नामसारी लगायतकाे सेवा थपिदै जाने कुरा यातायात मन्त्रालयका सचिव दीपकराज नेपालले जानकारी दिएका छन । कपिलवस्तुबासीकाे समस्यालाइ महसुस गरि यस सेवा कार्यालयकाे स्थापन गरिएकाे भाैतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले बताउनु भयाे । मन्त्री बनेपछि आफनाे पहिलाे प्राथमिकता यस कार्यालयकाे स्थापना गर्नु थियाे रआज पुरा भएकाे छ । यस कार्यालयलाइ ताैलिहवामा स्थापना हुन नदिन थुप्रै प्रयास भए पनि अन्ततह हामीले यसलाइ ताैलिहवामा नै स्थापना गर्न सफल भएका छाै ।
कपिलवस्तुका खास गरि दक्षिणी भेगका सेवाग्राहीहरुलाई बुटवल धाईरहँदा अपायक पर्ने र भाषागत पनि कठिनाई भईरहेकाे थियाे अव समस्या समाधान हुने र खर्चको हिसाबले पनि कम हुने कुरा भौतिक पुर्बाधार मन्त्री सहसराम यादवले बताउनु भएको छ ।
स्थानीय तहले जतिचाँडो जग्गा उपलब्ध गराउँछ त्यति चाँडै हामी लाईसेन्स ट्रायालको लागि पनि अगाडी बढ्ने बताउनु भएको छ । यातायात मन्त्री पुर्मती ढेंगामगर संगै आउनु भएको यातायता कार्यालयका सचिव दीपक राज नेपालले पनि यस कार्यलाई अगाडी बढाउनमा सक्रियता देखाउनु भएकाे छ ।