
कपिलवस्तु जागरण ।
कपिलवस्तु अस्पतालमा ड्युटीमा रहेका प्रहरी जवानबाट एक शिक्षक कुटिएका छन् । श्री रत्न राज्य लक्ष्मी मा.वि. तौलिहवामा कार्यरत शिक्षक दिनेश बढईलाई प्रहरी जवान सर्वजित हरिजनले कुटपिट गरेका हुन् ।आफ्नी श्रीमतीको उपचारमा रहेका शिक्षक बढई र अस्पतालकी परिचारिका विच तातो पानी माग्ने विषयमा सामान्य भनाभन हुदै गर्दा प्रहरी जवान हरिजनले शिक्षक बढई माथि हातपात गरेका थिए ।
रक्सीको मातमा रहेका प्रहरी जवान हरिजनले आफुलाई विना कसुर लठ्ठीले ठुलो चोट लाग्ने गरी कुटेको शिक्षक बढईले बताए ।सुरक्षाकर्मीबाटै भएको शिक्षक कुटपिटको घटना प्रति जिल्लाका शिक्षक संवद्ध संघ संगठनहरुले विरोध जनाएका छन् । कुटपिटमा संलग्न प्रहरी जवान हरिजन उपर कडाकारवाही हुनु पर्ने र अस्पतालमा आउने विरामी तथा विरामीका कुरुवाहरुको सुरक्षा संवेदनशीलता तर्फ स्थानीय प्रशासन सतर्क हुनु पर्ने अगुवा शिक्षक मोहन शुक्लाले बताए ।
घटनको सत्यतथ्य छानविन गरी दोषी उपर कडा कारवाही हुनु पर्ने नेपाल शिक्षक संघ कपिलवस्तुले जनाएको छ । निज प्रहरी माथि कडाभन्दा कडा कार्यवाही नभए अन्दाेलनमा उत्रने शिक्षक सम्बद्ध संघ संगठनहरूले जनाएका छन । भद्र एवं शालिन छबिका शिक्षक बढइ माथि यसरी भएकाे दुर्व्यवाहलाइ अतिनै निन्दनीय रहेका कपिलवस्तुका शिक्षकहरूकाे भनाइ छ । प्रहरीकाे यस किसिमकाे रवैयाप्रति सम्पूर्ण शिक्षकहरू असन्तुष्ट रहेका छन । प्रहरी जवानकाे यस प्रकारकाे व्यवहारकाे समाजिक संजालहरू कडा रूपमा निन्दा भइरहेका छन ।
बिगतकै बर्षदेखि प्रहरी मेरा साथीकाे कार्यक्रम संचालन गर्दै आएकाे प्रहरी संगठनका एक दुइजना व्यवक्तिकै कारणले प्रहरीकाे छवि धुमिल्ने भएकाेले आफना यस्ता किसिमका प्रहरीलाइ कार्यवाही गर्नुपर्ने नागरिक समाजकाे बुझाइ रहेकाे छ ।