सवारी दुर्घटनामा परि भलवाडका भुसालको मृत्यु

बाणगंगा, जितपुर ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा सवारि साधनको ठक्करबाट १ जनाको मृत्यु भएको छ । आवर विज्डम बोर्डिङ स्कुलको अगाडि गएराती सवारी साधनको ठक्करबाट भलवाड ९ का प्रज्वल भुसालको मृत्यु भएको हो ।

पिपरामा रहेको काठमाडौ भेली एण्डका संचालक समेत रहेका भुसाललाइ सवारी साधनले ठक्कर दिदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी होटेलबाट डेलिभरिका लागि खाजा नास्ता पुर्याउन जादा सो घटना घटेको हो । ठक्कर दिने सवारी साधन फरार रहेको छ । फरार सवारी साधनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group