
रामसेवक यादव, कपिलवस्तु जागरण,
२६ पौष २०७८, रूपन्देहीः बालबालिकाहरुको सिकाइलाई प्रतिकुल अवस्थामा पनि निरन्तरता दिने तथा सिकाइ उपलब्धीलाई प्रभावकारी बानाउने उद्देश्यका साथ आज देखि शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रम अन्तर्गत ४ दिने प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । कोभिड लगायतका महामारी तथा अन्य प्राकृतिक तथा मानवीय विपत्तिमा पनि बालबालिकाहरुको सिकाइलाई कसरी निरन्तरता दिन सकिन्छ, भन्ने विषयमा केन्द्रित रही तालिमको आयोजना गरिएको छ । विषम् परिस्थितिमा पनि टोलटोलमा पुगी एकीकृत पाठ्यक्रम अनुरुप सिकाइ सहजिकरण गर्ने गराउने तथा सिकाइ सहजिकरणको लागि स्थानीय अभिभावक तथा स्वयम सेवक र शिक्षकको सहयोगमा पाठ्यक्रमको मर्मअनुसार कक्षा संचालन गर्ने अवधारणाको साथमा तालिम संचालन भएको छ । खास गरी विद्यालयको कार्यक्षेत्रभित्र रहेका

बालबालिकाहरुलाई २० देखि २५ जनाको समूहमा विभाजन गरी कम्तीमा दिनको २ घण्टासम्म सहजकर्ताको सहयोगमा कक्षा सञ्चालन गरेर बालबालिकाहरुको सिकाइलाई निरन्तरता दिने उद्देश्यमा केन्द्रित रही तालिमको विषयवस्तु सहजिकरण भइरहेको कुरा आयोजक संस्था कालिका स्वालम्बन सामाजिक केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापाले जानकारी दिएका छन् । लुम्बिनी प्रदेशको कपिलवस्तु , रुपन्देही, रुकुमपूर्व र रोल्पामा संचालित शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रम अन्तर्गत प्रशिक्षक प्रशिक्षण तालिमको आरम्भ भएको हो । टोल शिक्षा सम्बन्धि दक्ष प्रशिक्षक तयार गरी कार्यक्षेत्रमा पुनः टोल शिक्षा सम्बन्धि तालिमहरुको आयोजना गरी एकीकृत तथा समायोजित पाठ्यक्रमको ढाँचामा आाधारित टोल शिक्षा कार्यक्रम सञ्चालनको लागि विद्यालयका शिक्षकहरुलाई प्रशिक्षण दिई कार्यक्रम कार्यन्वयनको चरणमा लैजाने वताइएको छ ।

कालिका स्वालम्बन सामाजिक केन्द्रको आयोजना , युनिसेफ तथा बिश्व शिक्षाको सहयोग साथै शिक्षा विकास समन्वय इकाइ कपिलवस्तु र रुपन्देहीको समन्वय एवं शिक्षा तालिम केन्द्रसँगको सहकार्यमा तालिमको आयोजना भएको हो । संस्थाका उपाध्यक्ष रामेन्द्र रावलको अध्यक्षता तथा शिक्षा बिज्ञान युवा तथा खेलकुद मन्त्रालय लुम्बिनी प्रदेश शिक्षा महाशाखाका थानेश्वर ज्ञवालीको प्रमुख आतिथ्यता , शिक्षा विकास तथा समन्वय इकाइकपिलवस्तुका प्रमुख थानेश्वर घिमिरे एवं शिक्षा बिकास तथा समन्वय ईकाइ रुपन्देही का प्रमुख दिपेन्द्र ढकाल, युनिसेफका प्रतिनिधि , मञ्जू वाग्ले , यम थापा, विश्व शिक्षाका प्रतिनिधि शुख रत्न बज्राचार्यको आतिथ्यतामा तालिमको उद्घाटनसत्र आरम्भ भएको थियो । उद्घाटन सत्रमा बोल्ने बक्क्ताहरुले यो तालिम अहिले समय, परिस्थिति तथा वातावरण अनुकुल आयोजना भएकोले यसको प्रभावकारिता अझ बढ्न सक्ने कुरामा जोडदिँदै सहभागी प्रशिक्षार्थीहरुलाई समय तथा विषयवस्तुको अधिकतम उपयोग गर्न सुझाव दिएका थिए । देशमा कोभिडको तेस्रो लहर शुरु भएको र विद्यालयहरु बन्द गर्नुपर्ने परिस्थिति सिर्जना हुँदै गरेको समयमा छिटोभन्दा छिटो टोलशिक्षा सञ्चालन गरेर बालबालिकाहरुको सिकाइलाई निरन्तरता दिन सक्ने विचार व्यक्त गरिएको थियो । रुपन्देहीको होटेल पौवा, बुटवलमा संचालन भइरहेको तालिममा कपिलवस्तु , रुपन्देही , रुक्कुमपूर्व र रोल्पाका गरी २५ जना माध्यमिक तहका शिक्षकहरुको सहभागिता रहेको र उक्त्त तालिम यही पौष २९ गतेसम्म संचालन हुने वताइएको छ ।