बुद्धभुमि ६, महुवाले बितरण गर्याे १४७ जनालाई न्यानो कम्मल

No description available.

शत्रुघन खरविन्द ,

माघ १४, कपिलवस्तु ।। कपिलवस्तु जिल्लामा जाडो बढेपछि विभिन्न स्थानीय तहहरुले कम्मल तथा सिरक वितरण कार्यलाई तिव्रता दिएका छन् । बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाले जेष्ठ नागरिक , एकल महिला तथा अपाङ्गता भएकालाई न्यानो कम्मल वितरण गरेको छ । शीतलहरसंगै जाडो बढेपछि चिसोबाट बाच्न थोरै भएपनि बुद्धभुमि नगरपालिका ६ नम्बर वडा कार्यालय महुवामा आज एक कार्यक्रमको बिच १४७ जना जेष्ठ नागरिक , एकल महिला तथा अपाङ्गता भएकालाई न्यानो कम्मल बितरण गरिएको ६ नम्बर वडाका वडा अध्यक्ष नन्दलाल यादवले बताउनु भएको छ । सम्मान सोरुप वडा भित्र रहेका जेष्ठ नागरिक , एकल महिला तथा अपाङ्गता भएकालाई न्यानो कम्मल हस्तान्तरण गरिएको वडा अध्याक्ष यादवले बताउनु भयो ।गरिब, दुःखी , असहय , जेष्ठ नागरिक , एकल महिला तथा अपाङ्गता भएका लगायतको सधै सथमा रहेको र अगमी दिनहरुमा सधै यस्तै कार्यक्रमको निरन्तारता दिने प्रतिबद्धात व्यक्ति गर्नु भएको छ । बुद्धभुमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव ,वडा सचिवा फुलचन्द बराई , वडा सदस्य लगायतले न्यानो कम्मल हस्तान्तरण गरेका थिए । न्यानो कम्मल पएपछि जेष्ठ नागरिक , एकल महिला तथा अपाङ्गता भएका वडाबासीले खुसी व्यक्ति गर्नुको सथै धन्यावद दिएका थिए । कार्यक्रममा बुद्धभुमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादवको अध्यक्षतामा भएको थियो । कार्यक्रममा ,वडा सचिवा फुलचन्द बराई, वडा सदस्य, जेष्ठ नागरिक , एकल महिला तथा अपाङ्गता भएका व्यक्ति , पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रम बुद्धभुमि नगरपालिका ६ नम्बर वडा कार्यालय महुवाको अयोजनमा भएको थियो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group