
कपिलवस्तु जागरण
नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित हुनुभएको छ । अध्यक्षका लागि शनिबार भएको मतदानमा २ सय ३८ मतल्याउदै शर्मा निर्वाचित हुनुभएको हो । उहाका प्रतिद्धन्दीद्धोय बाबुराम खनालले १८६ मत र नेत्र अधिकारीले १ सय मत प्राप्त गर्नुभयो ।
यस्तै उपाध्यक्षमा विश्रामप्रसाद थारु अत्याधिक मत सहित निर्वाचित हुनुभएको छ । थारुले ३ सय ४५ मत प्राप्त गर्नुभयो भने उहाका प्रतिस्प्रर्धि हिरालाल पौडेलले १ सय ६६ मत प्राप्त गर्नुभयो । सचिवमा सिबि गहत राज पुनः मत गणना भएपछि बिजयी भएका छन ।
यस्तै उप सचिव खुल्लामा अर्जुन केसी निर्वाचित हुनुभएको छ भने महिला उप सचिवमा सुशीला दर्लामी सर्वसम्मत भै सक्नुभएको छ । केसीले १ सय ३१ मत प्राप्त गर्नु भयो भने पराजित विकास आचार्यले ६१ , तेजेन्द्र पाण्डेले ५८, विनोद चौधरीले २६ मत मात्र प्राप्त गर्नुभयो ।