तरकारी जोनका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत तथा सम्मान,कृषिक्षेत्रका माफियातन्त्रको अन्त्य हुनपर्नेमा जोड

रामसेवक यादव
१० माघ २०७८

कृषिक्षेत्रका उन्नति तथा विकासको लागि कृषिक्षेत्रमा हाबीरहेका माफियातन्त्रको अन्त्य गर्न सबै कृषि एकजुट हुनु पर्ने कुरामा जोड दिइएको छ । आज भएको प्रधानमन्त्री अधुनिकिकरण कृषि परियोजना अन्तर्गत तरकारी जोनमा नवनिवार्चित समन्वय समितिकिा पदाधिकारीहरुको स्वागत तथा सम्मान कार्यकममा बोल्ने अतिथि वक्त्ताहरुले यस्तो कुरामा जोड दिएका छन् । सरकारले उपलब्ध गराउने कृषि सामग्री , विउविजन तथा कृषि उपरकण गैर किसानहरुको हातमा पर्ने भएकोले सोचेजस्तो कृषि क्षेत्रमा उन्नति गर्न कठिनाइ भइरहेको वताइएको छ ।

वास्तविक कृषकहरुको पहूँचभन्दा बाहिर रहेको सरकारी अनुदान तथा सेवासुविधाको अधिकतम् उपभोग गैरकिसान तथा कृषिक्षेत्रका माफियाहरुको हातमा पर्ने भएकोले वास्तविक किसान जहिले पनि अभावकै बीचमा संघर्ष गर्नु पर्ने वाध्यताका कारण व्यवसायिक कृषि फस्टाउन सकेको छैन् । त्यसकारण तरकारी जोनका समन्वय समितिका पदाधिकारीहरुले गलत प्रवृत्तिको निराकारण गर्दै राम्रो पद्धतिको विकास गरी सबैको समान विकासमा लाग्नु पर्ने कुरामाथि शुभकामना दिने अतिथिहरुले सुझाव समेत दिएका थिए ।

बुद्धभूभि नगरपालिकाको वडा नं. १० का वडाध्यक्ष सन्दिप कुमार पाण्डेयको अध्यक्षता तथा कृषि तरकारीजोनका कार्यकारी प्रमुख सहसराम कुर्मीको प्रमुख अतिथ्यतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा नवनिवार्चित समन्वय समितिकिा पदाधिकारीहरु अध्यक्ष त्रिभुवन कुर्मी , सदस्यहरु बहरैची केवट , ओमहरि बनिया , रामकुमार यादव, सरस्वती यादव , ओमप्रकाश यादव , निलन उपाध्याय , सोनमती गुप्ता , किरण चौधरीलाई एक कार्यक्रमका बीच गम्छा ओढाई सम्मान तथा स्वागत गरिएको छ । रामु यादवको सञ्चालनमा भएको स्वागत तथा सम्मान कार्यक्रम समारोहमा सनशाइन सामाजिक विकास संस्थाका अध्यक्ष शिवलाल यादव , समाजसेवी रामसेवक यादव , कृषक महन्थ केवट , बुद्धिराम केवट लगायतकाले नवनिवार्चित समितिलाई शुभकामना दिएका थिए । कार्यक्रमको समापन समारोहमा बोल्दै वडाध्यक्ष सन्दिप कुमार पाण्डेयले बुद्धभूमिको वडा नं. १० तरकारी क्षेत्रको लागि जिल्लाकै नमुना भएको र यसलाई अझ आधुनिकिकरण गर्नको लागि आवश्यक कृषि औजार , उन्नतजातको विउबिजन , सिचाइ तथा मलखाद्यको अभावलाई न्युनिकरण गर्दै तरकारीको लागि प्रदेशकै एक हबको रुपमा विकास गर्ने भन्ने कुरामा जोड दिएका थिए । उनले आफू सधैं कृषकको पक्षमा काम गर्ने र कृषिक्षेत्रका विकासको लागि अन्य सरोकारवालाहरुसँग नियमिति सम्पर्क र सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group