तरकारी जाेनको अध्यक्षमा त्रिभुवन कुर्मी

No photo description available.

कपिलवस्तु जागरण ।।

कपिलवस्तु २९ पाैष, कपिलस्वस्तु स्तरीय तरकारी जाेन संचालन समन्वय समितकाे गठन कार्य सम्पन्न भएकाे छ । तरकारी कृषक समुह, कृषि फार्म संचालकहरूकाे एक भेलाले बुद्धभुमि नगरपालिका वडा नं. १० का त्रिभुवन कुर्मीकाे अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेकाे छ ।

लुम्बिनी प्रदेशकाे समन्वय समिति कपिलवस्तुमा रहेकाे कृषि समन्वय इकाइ, जीतपुर ४ नं.काे समन्वयमा भएकाे कार्यक्रममा समुह तथा फार्मका अगुवाहरूले सर्वसहमीबाट समिति चयन गरेका हुन । नवगठित समितिका अन्य सदस्यहरूमा बहरैची केवट, अाेमधारी बनिया, किरन चाैधरी, साेनमती गुप्ता, मिलन उपाध्या, अाेम प्रकाश यादव, सरस्वती यादव र राजकुमार यादव रहेका छन ।

समितिले तरकारी खेती गर्ने किसानहरूकाे तरकारी बालीकाे अनुगमन गरि वास्तबिक किसानहरूलाइ सरकारवाट दिने सुबिधाहरूकाे लागि सिफारीस गर्ने एवं कृषि कार्यक्रमलाइ प्रभावकारी बनाउन किसानहरूकाे तर्फबाट समन्वय एवं सहयाेग गर्ने भुमिका रहने छ । समन्वय र सहकार्यमा सक्रिय भुमिका निर्वाह गरि किसानहरूलाइ बढिभन्दा बढि फाइदा पुर्याउने काममा किसानहरू आशा लिएका छ । आफनाे कार्यकालमा तरकारी जाेनमा किसानकाे हकहितको लागि कुनै पनि कसर बाकी नराख्ने कुरा नवनिर्वाचित अध्यक्ष कुर्मीले प्रतिबद्धता व्यक्त गरेका छन ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group