खोपको विवरण पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे निर्देशन

फरक फरक खोप नलगाउनुस् : स्वास्थ्य मन्त्रालय

काठमाडौं । कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप खोज्न गठित छानविन समितिले खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण चार दिनभित्र पठाउन निर्देशन दिएको छ ।

सोमबार बसेको छानविन समितिको पहिलो बैठकले माघ २१ गते अपरान्ह ३ देखि ४ बजेभित्रमा खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण पठाउन सरोकारवाला सबैलाई निर्देशन दिएको हो ।https://www.facebook.com/v2.8/plugins/page.php?app_id=&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Df3502a9597a39a8%26domain%3Desajhanews.com%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fesajhanews.com%252Ff3cd61eef0c49e4%26relation%3Dparent.parent&container_width=0&hide_cover=false&href=https%3A%2F%2Fwww.facebook.com%2Fnews.sajha%2F&locale=en_US&sdk=joey&show_facepile=false&width=280

बैठकले स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरुको विवरण पठाउन सूचना जारी गरेको हो । विवरण पठाउँदा डीएचएस–२ प्रणाली अनुसार पठाउन भनेको छ ।

यसअघि स्वास्थ्य सचिव डा। रोशन पोखरेलले २४ लाख डोज खोप रेकर्डमा नरहेकोबारे संसदीय समितिलाई जानकारी गराएका थिए । त्यसपछि सरकारले हराएको खोप खोज्नका लागि ५ सदस्यीय छानविन समिति गठन गरेको थियो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group