केन्द्रीय कमिटी घोषणा गर्दै माओवादी केन्द्रको महाधिवेशन सम्पन्न

पार्टी छाडेकाहरूलाई ‘गद्दार’ घोषणा गर्न माग

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुको नाम वाचन गरेर पारित भएसँगै महाधिवेशन सकिएको छ ।

पुस ११ देखि प्रज्ञा भवन कमलादीमा भएको महाधिवेशन आइतवार सकिएको हो ।

उनले बन्दसत्रमा २३६ जना केन्द्रीय सदस्यको नाम वाचन गरेका थिए ।

जारी बन्दसत्रले प्रचण्डले प्रस्ताव गरेको नाम पारित गरेको छ । प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ जना गरी २३६ जनाको नाम प्रस्ताव गरेका थिए ।

आइतबार साँझ अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको घोषणा गरेसँगै महाधिवेशन सम्पन्न भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group