ओलीको इसारामा परिचालित सिके राउत विरुद्ध जसपा युवाले भण्डाफोर गर्ने

बलिदानी दिवसको अवसरमा भौतिक पूर्वाधार विकास तथा यतायात मन्त्री रेणु यादवले रौतहटको गौरमा दिएको अभिव्यक्तिलाई लिएर विरोधका स्वरहरु उठिरहेको बेला जनता समाजवादी पार्टीको भातृ संगठन युवा समाजवादीले विरोध प्रति आपत्ति जनाएका छन् ।

युवा समाजवादीका अध्यक्ष तथा मधेश प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले सिके राउतको ईसारामा मन्त्री रेणु यादवलाई संघातिक आक्रमण गर्ने प्रयास गरेको आरोप समेत लगाएका छन् । सीके राउतले मन्त्री रेणु यादवको कार्यक्रमलाई अवरोध गरी निषेधको राजनीति गर्न खोज्दा मन्त्री रेणु यादवले यस प्रकारको विरोध गर्नुको परिणाम कहिल्यै सही हुँदैन भनेर दिएको सुझावलाई अतिरञ्जित बनाइएको रायले बताए । शुक्रबार जनकपुरधाममा युवा समाजवादीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ,‘ मिथिला– मधेशको समाजमा महिलालाई सम्मान गर्ने हाम्रो संस्कार भए पनि राउतका कार्यकर्ताले मन्त्री यादवलाई नै भौतिक आक्रमण गर्ने प्रयास गरेर अराजकता मच्चाउने प्रयास गरेकोले मन्त्रीज्युले सुझाव दिनु भयो ,जुन कुरोलाई अतिरञ्जीत बनाइएको छ ।’ मधेश आन्दोलनको क्रममा ज्यानको आहूति दिनेहरुको सम्झनामा शान्तिपूर्ण ढंगले आफूहरुले बलिदानी दिवस मनाईरहेको बेला जनमतका कार्यकर्ताहरुले मधेशी शहीदलाई अपमान हुने गरी त्यही दिन उदण्डता मच्चाएको आरोप समेत उनले लगाए । ‘यतायात मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष तथा कार्यकर्तालाई आक्रमण गर्ने वा ज्यान मार्ने जस्ता अभिव्यक्ति नदिएको दाबी गर्दै राज्यमन्त्री यादवले भने,‘ माननीय मन्त्रीज्युले त्यस्तो कुनै धम्की दिनु भएको छैन, किसानको नाममा सडकमा उदण्डता, अतिवादी तत्वलाई सुझाव मात्रै दिनुभयो ।

आन्दोलनको नाममा हिंसा मच्चाउने तत्वलाई सुझाव दिनुभयो । उहाँले कुनै अप्रिय वा धम्कीपूर्ण अभिव्यक्ति दिनु भएको छैन ।’ महात्मा गान्धी, नेशनल मण्डेला जस्ता महामानवहरुको मार्ग अंगीकार गरी नेपालको राजनीतिमा उत्रेका राउत पछिल्लो समय हिंसाको बाटोमा उत्रेकोले राउतलाई सुझाव दिनु आवश्यक रहेकोले सुझाव दिइएको उनले स्पष्ट पारे । किसानको मुद्दा उठाउने राउत आफै कोट पैन्ट,टाई र ड्रेसमा मात्रै मासिक लाखौ रुपैयाँ खर्च गर्ने गरेका छन्, राज्यमन्त्री यादवले भने,‘ आन्दोलनमा उत्रेका किसानहरुको खुट्टामा चप्पल छैन, पेटमा अन्न छैन, तर उनी आफूलाई किसानको मसिहा भन्ने राउत वर्षोदेखि उखुको पैसा नपाएर महिनौ सम्म काठमाण्डुमा आन्दोलन गरेका हजारौ किसानको बारेमा त्यतिवेला किन बोलेनन्, किन मौन रहे । अहिलेपनि हजारौ किसानको उखुको पैसा बाँकी छ, किन बोलिरहेका छैनन् ? हिम्मत छ भने किसानको विषयमा सिंहदरबारलाई घेराउ गरेर देखाउनुस् ।’ राउत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मोहरा बनेको दाबी गर्दै उनले भने,‘ संघीयता र मधेश विरोधी ओलीको आर्थिक सहयोगमा राउतले मधेशमा हिंसा र उदण्डताको राजनीति गर्छन भन्ने समाजवादी युवाले त्यसको भण्डारफोर गर्नेछ।’

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group