आर्या बचत तथा ऋण सहकारी संस्थाको तेह्रौ बार्षिक साधारण सभा सम्पन्न

आर्या बचत तथा ऋण सहकारी संस्था लि.को तेह्रौ बार्षिक साधारण सभा सम्पन्न

कपिवस्तु जागरण ।।

ताैलिहवा २८, आर्या बचत तथा ऋण सहकारी संस्था लि. कपिलवस्तुको तेह्रौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा आर्या बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष प्रकास घिमिरेको अध्यक्षता र लुम्बिनी प्रदेश ग्रामीण पर्यटन विकास राज्य मन्त्री रिना नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा आर्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडको को २०७७ श्रावण देखि २०७८ अषाढ मसान्त सम्मको आय (नाफा नोक्सान) विवरण सार्वजनिक गरिएको थियो ।

प्रमुख अतिथी नेपालले आर्या  संस्थामा महिलाको सहभागिता बृद्धि गराई आगामी दिनमा अझ जोस र जागरका साथ अगाडी बढ्न सुझाव दिनुभएकाे थियाे । समुदायमा रहेका साना व्यवसायी तथा किसानहरुलाई सहज रुपमा ऋण प्रदान गरी ब्यतिको आय आर्जनमा  टेवा पुर्याएकोमा आर्या बचत तथा ऋण सहकारी संस्थालाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा असल बचत कर्ता,असल ऋण कर्ता साथै असल कार्यकर्तालाइ समेत सम्मान गरिएको थियो । कार्यक्रमको समापनको क्रममा बोल्दै अध्यक्ष्य प्रकाश घिमिरेले अबको सहकारी पैसा बचतको काम मात्रै नभएर गरिब तथा पिछडिएका महिलाहरुलाई आय आर्जन बढाउने काम गर्ने प्रतिवद्धता जनाउनु भयाे । सेयर सदस्यहरूकाे यस्तै सहयाेग रहिरहे केही बर्षमै नमुना सहकारी बनाउने उदज्घाेष गर्नभयाे ।

कार्यक्रममा क.व.न.पा. वडा नं -१ अध्यक्ष्य सुदिप पौडेल,  वडा नं २ अध्यक्ष रावभजन कलवार, वडा नं ३ का अध्यक्ष प्रकाश गैरे,  समाज सेवी राजु प्रसाद अर्याल, उद्योग वाणिज्य संघ अध्यक्ष्य गयादिन कुर्मी, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष्य किरण मान बज्रचार्य, रेडियो कपिलवस्तुका रोमलाल खनाल लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचानल आर्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव कृष्ण मोहन शुक्लाले गर्नु भएको थियो ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group