
पुष २४ , कपिलवस्तु ।। श्री अनिरुद्ध पब्लिक माध्यमिक विद्यालय बैदौलीमा बिद्यालय ब्यवस्थापन समितिको सदस्यहरु चयन भएको छ । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाका वडा नम्बर ५ बैदौलीमा रहेको अनिरुद्ध पब्लिक माध्यमिक विद्यालयको अभिभावकहरुको भेलाले गोमती अहिर, प्रभावती यादव, अमृतादेवी कहाँरलाई सर्वसहमतिले सदस्यहरुमा चयन गरको हो । यसैगरी सोही भेलाबाट राधेश्याम दशौधीको अध्यक्षतामा सर्वसहमतिले ५ सदस्यीय शिक्षक अभिभावक संघ चयन गरिएको छ । संघको सदस्यहरुमा मतिबुल्लाह मुसलमान, प्रेमलता भट्ट , इन्द्रावती पासी, राम औतार बढई सर्वसहमतिले सदस्यहरुमा चयन भएका छन् । पछि अरुजनालाई मनोनित गारि शिक्षक अभिभावक संघ ११ सदस्य पुरयाउने बताइएको छ । कार्यक्रम यशोधरा गाउँपालिकाका शिक्षा शाखाका अधिकृत ध्रुव सेजवालको रोहबरमा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लइस पठानको अध्यक्षतामा भएको थियो । भेला कार्यक्रम विद्यालयका शिक्षक अमिताभ कुमार पाठकको संचालनमा भएको थियो । प्रधानाध्यापक रमेशकुमार पाण्डेको शहजिकरणमा भेला भएको थियो ।