सनसाइनद्बारा बालविकास शिक्षककाे तालिम सम्पन्न ।

No description available.
No description available.

कपिलवस्तु जागरण

सनसाइन सामाजिक विकास संस्थाकाे आयाेजनामा १५ बालविकास केन्द्रका बालविकास शिक्षकहरूलाइ ३ दिने बालविकास तालिम प्रदान भएकाे छ । क्रियाकलापमा आधारीत ३ दिने तालिमकाे गाेरूसिंगेकाे प्रेमसागर हाेटलमा सम्पन्न भएकाे हाे । मायादेवी गाउँपालिकाकाे १५ बालविकास केन्द्रका १५ जना सहभागी रहेका थिए । परम्परागत सिकाइ गदैआएका वालविकास शिक्षक यस तालिमपछि नयाँ तरीकाले क्रियाकलापमा आधारित सिकाइ गर्ने कुरामा विश्वास लिएकाे छ । बालविकास केन्द्रमा ६ वटा कुना व्यवस्थापन गरि हरेक क्रियाकलापमा सिकाइलाइ जाेडिने छ जसवाट बालबालिकाहरू खुसीभइ रमाइ रमाइ सिक्ने सिकाउने बातावरणा तयार हुने छ र सिकाइ दिगाे हुनेछ ।

समापन कार्यक्रम संस्थाका कार्यकारी निर्देशक कृष्ण कुमार श्रेष्ठकाे अध्यक्षता, मायादेवी गा.पा.का अध्यक्ष बजरंगी प्रसाद कुर्मीकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । यस तालिमपछि बालविकास केन्द्रकाे सिकाइमा आमुल परिवर्तन आउने कुरामा गाउँपालिका प्रमुखले विश्वास गर्नुभएकाे थियाे । कार्यक्रममा यू.एम.एन.का कार्यक्रम अधिकृत नवराज जाेशी, लगायत संस्थाका कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे । तालिमका प्रशिक्षक उद्वव प्याकुरेलले ३ दिने तालिमकाे सहजिकरणा गर्नुभएकाे थियाे । तालिमका सहभागीलाई प्रमुख, अतिथीद्वारा प्रमाणापत्र बितरण गरिएकाे थियाे ।

© कपिलवस्तु जागरण, कपिलवस्तु
Powered By: PiT Group